अख्तियारले वाइडबडी प्रकरण बोरेको छानविनका लागि विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलायो

0

विर्तामोड, ५ बैशाख ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी प्रकरण बोरेको छानविनका लागि विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलाएको छ । दोस्रो पटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाइ एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोकाएको हो । आज सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुने भनेको छ । यदि तोकिएको समयीमाभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानका ४ अर्ब भ्रष्टाचार भएको लेखा सकितिको प्रतिवेदनका आधारमा अख्तियारले छानविन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियमा संलग्न निगमको सञ्चालक समितिका पूर्व पदाधिकारी, निगमका कर्मचारी लगायतसँग वयान लिएको छ । अब अख्तियारले विमान खरिदमा विभिन्न किसिमबाट संलग्न भएका कम्पनीसँग पनि वयान लिन सुरु गरेको हो । निगमले विमान खरिदका लागि अमेरिकी एएआर कम्पनीलाई छनोट गरेको थियो । तर, सम्झौताका समयमा पहिल्यै नै विमान अर्डर गरिसकेको भनिएको हाई फ्लाइ पनि यो प्रक्रियमा संलग्न भयो । जसका कारण यो विमान खरिद प्रकराण्मा अनियमितता भएको आशंका छ । संसदको लेखा समितिले भ्रष्टाचार भएको ठहर गर्दै थप अनुसन्धानका लागि अख्तियारलाई फाइल सुम्पिएको छ । नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा नयाँ जहाज छ भनी कम मूल्य हाल्ने एएआर छनोट भएको थियो । तर, समझदारीपछि उसले आफूसँग जहाज नभएको बताएको थियो । एएआरले आफ्नो कन्सोर्टियम पार्टनरसँग विमान भएको भन्दै जर्मन एभिएसन क्यापिटल जीएमबीएम र हाई फ्लाई ट्रान्सपोर्ट एरियोज साझेदारका रुपमा देखाएको थियो । ३ देशका फरक कम्पनीसँग काम गर्न जटिल हुने भन्दै हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरिएको दावी यसअघिकै छानविनबाट खुलिसकेको छ । त्यसपछि मात्रै हाई फ्लाई एक्स आयरल्यान्डसँग नेपाल एयरलाइन्सले खरिद सम्झौता गरेर एयरबसले हाई फ्लाई एयरलाइन्सलाई विमान बुझाएपछि विमान नेपाल आएको आशंका छ । खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भए पनि जहाज हाई फ्लाई एयरलाइन्सले दिएका कारण आशंका उत्पन्न भएको अख्तियार स्रोतको दाबी छ । ०००००००

Share.

Leave A Reply