अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ईरानी सेनालाई आतंककारी संगठन घोषणा

0

विर्तामोड, २६ गते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानी सेनालाई आतंककारी संगठन घोषणा गरेका छन् । ट्रम्पले सोमबार ईरानी सेनाको रिभोलुसनरी गार्ड्स कार्प्स (आइआरजिसी)लाई आतंककारी संगठन घोषणा गरेका हुन् । ह्वाइट हाउसले आइआरजिसीको नयाँ फूलफर्म पनि तय गरेको छ । जसलाई ’इम्पिलिमेन्टिङ इट्स ग्लोबल टेररिस्ट क्याम्पेन’ भनिएको छ । यसको मतलब विश्वभर आतंककारी गतिविधि कार्यान्वयन गर्ने संगठन हो । ट्रम्पले ईरानसँगको अन्तर्राष्ट्रिय परमाणु सम्झौता तोडेदेखि यी दुई देशबीचको सम्बन्ध राम्रो छैन । अमेरिकाले आइआरजिसीले आतंकवादलाई समर्थन गरेको र मानवअधिकार उलंघन गरेको आरोप लगाउँदै आएको थियो । ट्रम्पले सोमबार एक बयानमा विदेश मन्त्रालयले ठूलो फैसला गरेको बताएका छन् । ईरान आतंकवादलाई प्रोत्साहन मात्रै गरिरहेको नभएर आइआरजिसी नै त्यसमा संलग्न रहेको उनको भनाइ थियो । उक्त कदमले ईरानमाथि दबाब पर्ने ट्रम्पको बुझाई थियो । यो घोषणाको प्रभाव अबको एक हप्तामा आउने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जानकारी दिएका छन् । ईरानले सन् १९७९ को क्रान्ति पछि उक्त संगठनको गठन गरेको थियो । उक्त संगठनको काम सत्ता रक्षा र सेनासँग सत्ता सन्तुलन गर्नु रहेको बताइएको छ । ०००००००

Share.

Leave A Reply