अर्जुनधारा नगरपालिकाको आर्थिक प्रशासन शाखाद्वारा एकाउण्ट ट्रान्फर प्रक्रियाबाट भुक्तानीका लागि उपभोक्ता समितिहरुलाई प्रोत्साहन गर्दै

0

अर्जुनधारा, ३० बैशाख ।

अर्जुनधारा नगरपालिकाको आर्थिक प्रशासन शाखाले एकाउण्ट ट्रान्फर प्रक्रियाबाट भुक्तानीका लागि उपभोक्ता समितिहरुलाई प्रोत्साहन गरिरहेको छ । अर्थ मन्त्रालयले २०७५ फागुनदेखि एकाउण्ट ट्रान्फर प्रक्रियाबाट भुक्तानीका लागि सफ्टवेयर सञ्चालनमा ल्याएपछि काम प्रारम्भ गरेको आर्थिक प्रशासन शाखा प्रमुख लेखापाल चन्द्रभान गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ता समितिको खाता बैंकमा सञ्चालनमा आएसँगै अर्थ मन्त्रालयको वेभपेजमा नगरले विवरण समावेश गरेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले सिधै समितिको खातामा रकम जम्मा गरिदिने गरेको छ ।
‘यो असाध्यै राम्रो प्रक्रिया रहेछ, उपभोक्ता समितिमा रहेर काम गरिरहनु भएका अर्जुनधारा–५ का केदार पराजुलीले भन्नुभयो, कहिले काहीँ सर्वर चलेन भने काम ढिलो हुने हो । तर, इन्टरनेटलाई राम्रो बनाउने हो भने कार्यालयमा हुने ढिलासुस्ती यो प्रक्रियाले अन्त्य गरेको छ ।’ उहाँका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भुक्तानी आए पनि कर्मचारीले त्यो पैसाको चेक बोकेर बनाउने बहाना अब सकिएको छ । प्रविधिको प्रयोगसँगै आर्थिक प्रशासन पनि चुस्त बनेको लेखापाल गुप्ताले बताउनुभयो । ००००००

Share.

Leave A Reply