अर्जुनधारा नगरपालिकाले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत २ सय विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न प्रस्ताव पेश गर्ने

0

विर्तामोड, ३० बैशाख ।

अर्जुनधारा नगरपालिकाले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत २ सय विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न प्रस्ताव पेश गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत २ सय विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार रानाले बताउनुभयो । विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न नगर कार्यपालिकाको ५२ औँ बैठकले ९ बुँदे महत्वपूर्ण निर्णय समेत सर्वसम्मतले पारित गरेको छ । जसमा अर्जुनधारा नगर क्षेत्रभित्र छरिएर रहेका साना, मझौला तथा कुटिर उद्योगलाई प्रवद्र्धन प्रोत्साहन गर्ने छ । जसबाट औद्योगिक ग्राम स्थापना गर्न सँगै औद्योगिक ग्राम घोषणा तथा संचालन कार्यविधि अनुरुप आवश्यकता पर्ने जग्गाको व्यवस्थापन गरी संचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वडा–३ को वडा कार्यालय अगाडि व्यावसायिक भवन निर्माण सहित खुदुनाबारी बजार व्यवस्थापन र शनिश्चरे बजार व्यवस्थापनको लागि नगर कार्यपालिकाले निर्णय गरेको छ । नगरपालिकामा संचालन भएका आयोजनाहरु नारायणचोकबाट खुदुनाबारी जाने सडक कालोपत्रे, चारपाने चोकबाट वाड नं ५ हुँदै ७ नं वडा कार्यालय जाने सडक सहित ७ नम्वर वडा कार्यालयबाट हात्तिकिल्ला हुँदै बुधबारे जोड्ने सडक निर्माणधिन रहेको छ । सो आयोजना पूरा गर्नका लागि ट्रिपलआर र र्यापथ्री लगायतका कार्यक्रमबाट प्रदेश समक्ष अनुरोध गर्ने निर्णय भएको छ । ०००००००

Share.

Leave A Reply