अर्जुनधारा नगरपालिका–१ मा सञ्चालन भएको स्वास्थ्य शिविरबाट १८९२ पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार

0

अर्जुनधारा, ३ जेठ ।

अर्जुनधारा नगरपालिका–१ मा सञ्चालन भएको एकदिने स्वास्थ्य शिविरबाट १ हजार ८ सय ९२ पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । अर्जुनधारा नगरपालिकाले उक्त क्षेत्रलाई पशुपालनको केन्द्रको रुपमा लिँदै आएको छ । वडा–१ को नमूना बजार र साधुटार दुई स्थानमा पशुचौपयालाई सेवा दिइएको थियो । किसानले घरमा पालेका गाई, भैँसी, बाख्रा, गोरु, बङ्गुर, कुकुर, कुखुराको स्वास्थ्य परीक्षण गराई निःशुल्क उपचार सुविधा दिइएको हो । जसमा ८ सय ९३ बाख्रा, ३ सय २३ गाई र भैँसी, ७५ गोरु र राँगा, ३० बंङ्गुर, ५ कुकुर स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।

१ गाईको (एआई) स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । त्यस्तै, १ वटा गाईको झन्काको अप्रेशन, ५ सय २३ पशुचौपयाको गोबर परीक्षण, ११ वटा बोकालाई बन्ध्याकरण सेवा, ७ वटा गोरुको बन्ध्याकरण सेवा सहित २३ गर्व परीक्षण र बाँझोपन उपचार सेवा प्रदान गरिएको अभियान नेपालका कर्मचारी केशव खनालले जानकारी दिनुभयो । हचुमासा सामुदायिक वन, स्वाबलम्बी सहकारी संस्था र पशुपालन तथा कृषि कार्यक्रम उपभोक्ता समितिले संयुक्त रुपमा संचालन गरेका शिविरमा अभियान नेपाल, हाम्रो भेटनरी सेवा सहकारीले प्राविधिक सहयोग गरेका थिए । त्यस शिविरमा १ लाख २० हजार रुपैयाँ बराबरको औषधि किसानलाई निःशुल्क वितरण गरिएको अभियान नेपालका पूर्व अध्यक्ष प्रसाद गुरागाँईले जानकारी दिनुभयो । शिविरमा पशुपन्छी विकास केन्द्र भद्रपुरका डा. पशुपति ढुङ्गाना, हाम्रो भेटनरी सहकारी संस्था लि.को तर्फबाट डा.दिलिप सापकोटा, डा. विष्णु कोसुवा, कम्लेश्वर भाट, डा. छत्र क्षेत्री सहितको १६ पशु स्वास्थ्य प्राविधिको टोलीले सेवा दिएको हो । गाउँमा नै संचालन भएको शिविरबाट थुप्रै सेवासुविधा पाएको वडाअध्यक्ष गजाधर खतिवडाले बताउनुभयो ।’ पशुपालन तथा कृषि कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष महेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिका पशुपन्छी शाखाका अधिकृत पदमलाल राई, हेम श्रेष्ठ, कृषि उपभोक्ता समितिका उपाध्यक्ष सुसीला गोले लगायतले धारणा राख्नु भएको थियो । ००००००००

Share.

Leave A Reply