अर्जुनधारा–११ सालबारीमा कछुवाको संरक्षणलाई प्रभावकारी बनाउने स्थानीय सरकारको तयारी

0

विर्तामोड, १० जेठ ।


उभयचर जीव कछुवाको संरक्षण गर्ने अर्जुनधाराको स्थानीय सरकार र सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालकै पहिलो कछुवा संरक्षित क्षेत्र सञ्चालन गरिरहेको सुखानी शहीद स्मृति प्रतिष्ठानले अर्जुनधारा–११ सालबारीमा आायोजना गरेको कार्यक्रममा स्थानीय सरकार र सरोकारवालाले कछुवाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिले अर्जुनधारा–११ सालबारीमा कछुवाको संरक्षण गर्दै आएको छ ।

पछिल्लो दिनमा कछुवाको संरक्षणमा चुनौती बन्दै गइरहेको बेला प्रभावकारी काम गर्ने उदेश्यले प्रदेश सांसद बृख प्रधान, अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, जिल्ला डिभिजन वन कार्यालयका प्रमुख विष्णु घिमिरे, मेची बहुमुखी क्याम्पसका प्राणीशास्त्र विभाग प्रमुख प्रा.डा. केआर खम्बू, प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराई, महासचिव हर्कध्वज राई, कछुवा संरक्षण सालबारीका प्रमुख टपिल राई, बरिष्ठ योजना अधिकृत हिमराज सेडाई, पशुपन्छी शाखा अधिकृत पदलाल राई लगायतले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सांसद प्रधानले नेपालको गौरव पहिलो संरक्षित क्षेत्र भएकाले स्थानीय सरकार, वन र राजनीतिक दल लगायत विभिन्न तह–तप्कामा बस्ने व्यक्तिहरुले बुझाउन जरुरी रहेको बताउनु भयो । प्रदेश–१ सरकार पनि कछुवाको संरक्षण संवद्र्धन लागिरहेको उहाँले जानकारी दिनुभयो । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख रानाले नगरपालिकाले गर्न आवश्यक कामका लागि नीति विधि बनाएर कछुवाको संरक्षण गर्ने कार्यमा आफू दृढ संकल्पित भएको बताउनु भयो । उहाँले संसारबाट विलय हुन लागेको कछुवाको संरक्षणप्रति संघ, प्रदेश सरकार र सबै स्थानीय तहहरुको पनि कर्तव्य र दायित्व रहेको विचार व्यक्त गर्नुभयो । सालबारी सहिद पार्क परापर्यटनको महत्वपूर्ण स्थान भएकाले त्यसको अनुगमन नियमन र संरक्षण संवद्र्धन गर्ने उहाँले घोषणा समेत गर्नुभयो । ००००००

Share.

Leave A Reply