आईपीएल क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित, आज कलकत्ता नाइट राइडर र दिल्ली क्यापिटल्सबीच खेल हुने

0

विर्तामोड, २९ चैत ।

इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित निकालेको छ । गएराति भएको रोमाञ्चक खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नईले छैटौं जित निकालेको हो । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गरेको हो । चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए । मात्र २४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि धोनी र रायडुले उकासेका थिए । यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचद्र जडेडा अविजित ९ रन बनाए । राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धा्रित २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो। जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । आईपीएलमा आज कलकत्ता नाइट राइडर र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ । ००००००

Share.

Leave A Reply