आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा नेपाल १ सय ५० रनको फराकिलो अन्तरले विजयी

0

विर्तामोड, ३ बैशाख ।

नेपालले आज आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अल आउट हुँदै ७९ रनमा समेटिएको हो । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकि पेभिलिएन फर्किए ।
त्यसअघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३ ओभर २ बलमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको महत्वपूर्ण योगदान दिए । रोहितलाई ३५ ओभरको पाँचौ बलमा आजम अलीले मेहताबाट क्याच गराए । त्यस्तै भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बटुले । कुनै समय ८१ – ५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रोहित र भिमले छैटौैं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दा दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो । तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले आफ्नो अन्तिम खेल विहीवार कुवेतसँग खेल्ने छ । बिहिवार नै यूएई र ओमान भिड्ने छन् । ओमान विजयी भएको खण्डमा नेट रन रेटले यूएईलाई पछि पार्दै नेपाल विश्वकपको लागि छनोट हुन सक्ने अंक गणीतिय सम्भावना रहेको छ । ००००००

 

Share.

Leave A Reply