आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्ने नेपाली यू १९ टोलीको सपना अधुरै, दोस्रो खेलमा बर्षाको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित हुनु नै दुुर्भाग्य

0

विर्तामोड, ५ बैशाख ।

आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्ने नेपाली यू १९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको यात्रा यहिँ समाप्त भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले १२ ओभर १ बलमा विना विकेटको क्षतिमा १ सय १० रन बटुल्दै सहजै पुरा गर्यो । उसका आर्यन लाक्रा ५१ र सायद हैदर ५६ रनमा अविजित रहे । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरे पनि नेपाल दोस्रो खेलमा बर्षाको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएको थियो । जुन एक रनको हार नेपालको विश्वकपको यात्रामा बाधक बनेको हो । नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेलमा आज कुवेतलाई ८ विकेटले पराजित गरे पनि विश्वकपमा छनोट हुन नसकेको हो । कुवेतले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । ००००००

Share.

Leave A Reply