आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस,विकास लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै उत्तिकै महत्वपूर्ण

0

विर्तामोड, २८ माघ ।
आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस । हरेक बर्षको फेब्रअरी ११ का दिन संयुक्त राष्ट्रसंघले विज्ञानमा महिला पहुँचको बिषयमा प्रकास पार्न आजको दिन दिवस मनाउने गरेको छ ।


अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्वपूर्ण छन् । पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ । यद्यपि, महिला अथवा केटीहरु विज्ञानमा पूर्णतया आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ । अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरुमा ३० प्रतिशत भन्दा कम महिलाको संलग्नता भएको पाइएको छ । यो आँकडा पुरुषको तुलनामा निक्कै कम हो ।
अहिले अध्ययनकै क्रममा रहेका छोरी मान्छेहरुमा पनि आफ्नो उच्च शिक्षामा विज्ञान बिषय रोजेर अघि बढ्ने उत्साह पनि देखिएको छैन । बिज्ञहरुका अनुसार हाम्रो समाजमा लामो समय अघिदेखि रहेको लैङ्गिक असमानताकै कारण महिलालाई अहिलेको बैज्ञानिक युगमा पनि विज्ञान तर्फ कुनै आकर्षण नभएको हुनसक्ने अनुमान गरिएको छ । महिलाको सशक्तिकरण, महिलाको सहभागिताको बारेमा थुप्रै कुराकानी गर्छौं । महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ । तर, दिन प्रतिदिन बिज्ञानको महत्व बढिरहेको हाम्रो युगमा यदि महिलाहरु बिज्ञानमै पछाडि रहे भने, आउदो समयमा के महिला सशक्तिकरण सम्भव छ त ? धेरैले यो कुरा सोचेका छैनौं । त्यसैकारण हरेक बर्षको फेब्रअरी ११ का दिन संयुक्त राष्ट्रसंघले यो चिन्ताको बिषयमा प्रकास पार्न आजको दिन दिवस मनाउने गरेको छ ।
महिलाहरुको बिज्ञानमा समान पहुँच र उत्साहजनक उपस्थितिले मात्र महिला र पुरुष बीचको असमानताको अन्तरलाई घटाउन सक्छ । अहिले भ्यालेन्टाइन सप्ताहमा छौं, यस बेला पुरुष मित्रहरुले आफ्नो प्रिय महिला मित्रहरुलाई थुप्रै तरिकाले सम्मान र माया प्रदान गरिनै रहेका छौं । यसै सप्ताहमा परेको आजको दिनले पुरुष मित्रहरुलाई आफ्नो प्रिय महिला मित्रको बिज्ञानसंगको संलग्नता र सहभागिता के कस्तो छ र कसरी सुधार्न सकिन्छ भने सोच्ने मौका दिएको छ । आजको दिनको महत्व विश्वभरिका महिलाले बुझ्न जरुरी छ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको सबैमा शुभकामना । ००००००

Share.

Leave A Reply