आयरल्यान्ड र वेस्ट इन्डिजसँगको त्रिकोणात्मक वान डे सिरिजमा बंगलादेश फाईनलमा

0

विर्तामोड, ३१ बैशाख ।

आयरल्यान्ड र वेस्ट इन्डिजसँगको त्रिकोणात्मक वान डे सिरिजमा बंगलादेश फाईनलमा पुगेको छ । गएराति वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै बंगलादेश फाईनलमा पुगेको हो । अव उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग नै खेल्नेछ । घरेलु टोली आयारल्यान्ड भने एक खेल अघि नै बाहिरिसकेको छ । गएराति २ सय ४८ रनको लक्ष्य पछ्याएको वंगलादेशले ४७ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । उसका लागि विकेटकीपर मुश्फिकुर रहिमले ७३ बलमा ५ चौका र १ छक्का सहित सर्वा्धिक ६३ रनको योगदान दिए । सौम्य सरकारले ६७ बलमा ४ चौका र २ छक्का सहित ५४, तामिम इकवाल २१, सकिब अल हसन २९, मोहम्मद मिथुन ४३ रनमा आउट हुँदा महमुदूल्लाह ३० रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि एलशे नर्शले ३,केमर चेस र जोसन होल्डरले समान १ विकेट हात पारे । त्यसअघि डबलिनमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको थियो । ००००००

Share.

Leave A Reply