‘इंग्ल्यान्डले विश्वकप जित्न सक्ने उच्च सम्भावना’ रहेको भारतीय पूर्व क्रिकेटर गावस्करको अनुमान

0

विर्तामोड, ३ जेठ ।


इंग्ल्यान्ड र वेल्समा मे ३० देखि सुरु हुने एक दिवसिय विश्वकप घरेलु टोली इंग्ल्यान्डले जित्न सक्ने उच्च सम्भावना भारतीय टोलीका पुर्व क्रिकेटर ‘लिटिल मास्टर’ सुनील गावस्करले बताएका छन् ।
गावस्करले ब्रिटिस हाई कमिश्नर आवासमा भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । ‘मैले सारा अनुमान लगाउँदा र पछिल्ला प्रर्दशन हेर्दा इंग्ल्यान्डले विश्वकप जित्ने उच्च सम्भावना देख्छु । उसँग पहिलो पटक विश्वकप जित्न सक्ने उत्कृष्ट टोली छ, उनले भनेका छन् । त्यस्तै गावस्करले इंग्ल्यान्डलाई आफ्नो घरेलु मैदान बारे सबै राम्रोसँग थाहा भएको हुँदा पहिलो पटक उपाधि जित्ने संभावना उच्च रहेको बताएका हुन् । गावस्करले यस अघिका दुबै विश्वकपको लगाएको अनुमान मिल्न पुगेको स्पोर्ट्सकिडाले जनाएको छ । सन् २०११ को विश्वकप भारत र सन् २०१५ मा अष्टेलियाले जित्ने बताएका थिए । सन् १९८३ मा भारतलाई पहिलो विश्वकप दिलाउन गावस्करले उत्कृष्ट प्रर्दशन गरेका थिए । यस पटक भारतलाई पनि विश्वकपको प्रमुख दावेदार मानिएको छ । विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्ने छ । ००००००

Share.

Leave A Reply