इलाका प्रहरी कार्यालय अनारमनीमा डिएसपी मोहन कुमार थापा आउने

0

विर्तामोड, ३० बैशाख ।

इलाका प्रहरी कार्यालय अनारमनीमा डिएसपी मोहन कुमार थापा आउने हुनु भएको छ । यहाँ कार्यरत डिएसपी सुवास खड्का विवादमा तानिए पछि इप्रका प्रमुखको रुपमा थापा आउने प्रहरी प्रधान कार्यलय स्रोतले जनाएको छ । नयाँ प्रहरी प्रमुख थापा एक हप्तापछि बिर्तामोड आउने बताइएको छ । काठमाडौ प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत थापा नेपाल प्रहरी भित्रका बौद्धिक एवम् व्यावसायिक प्रहरीका रुपमा परिचित हुनुहुन्छ । कानुनमा दख्खल राख्ने डिएसपी थापा काजमा आउन लाग्नु भएको हो । डिएसपी खड्काको कुर्सीमा विवादित व्यक्ति बसेर आफु डिएसपी भन्दै फोटो पोष्ट गरेको सार्वजनिक भएपछि खड्कालाई यहाँबाट सरुवा गरिएको हो । ००००००

Share.

Leave A Reply