इलामको सूर्योदय नगरपालिकालाई पर्यटनको माध्यमबाट समृद्ध बनाउने तयारी

0

विर्तामोड, २१ चैत ।


इलामको सूर्योदय नगरपालिकालाई थप सुविधा सम्पन्न बनाउने योजना अघि बढेको छ । हालै मात्र पर्यटकीय नगरी घोषणा भएको इलामको सूर्योदय नगरपालिकालाई पर्यटनको माध्यमबाट समृद्ध बनाउने लक्षका साथ काम अगाडि वढाउन थालिएको हो । इलाम आउने पर्यटकलाई पहिलो बिसौनीको रुपमा रहेको सूर्योदयमै लामो समय रमाएर बसाउने योजनासहित नगरपालिकाले काम गरिरहेको नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । अहिले नगरपालिकाको श्रीअन्तु र कन्याममा सौन्दर्यीकरणको काम भइरहेको छ । अन्तुमा सूर्योदयको दृष्य हेर्न आउने पर्यटकको सुविधाका लागि उज्यालो र पानीको आवश्यकता रहेको स्थानीयको भनाइ छ । यता मेयर राईले विजुली, पानीसहितका सम्पूर्ण काम दुई वर्षमा सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । पिकनिक स्थलको रुपमा रहेको कन्याममा नगरपालिकाले रात्री पर्यटन स्थल, सबै मौसमका लागि सुरक्षित पदमार्ग निर्माण, साइक्लिङ मार्गसमेत निर्माण गर्ने योजना बनाएको छ । ०००००

Share.

Leave A Reply