इलाम क्षेत्रका फुटवलप्रेमी नागरिकलाई मगमग झापा ११ द्वारा भ्रममा नपर्न अनुरोध, एन्फा केन्द्रीय सदस्य खड्गीले कन्र्फमेशन लेटर लुकाएको झापा ११ को आरोप

0

विर्तामोड, २७ फागुन ।

इलाम क्षेत्रका फुटवलप्रेमी नागरिकलाई मगमग झापा ११ ले भ्रममा नपर्न अनुरोध गरेको छ । इलाममा सञ्चालन हुने माइभ्याली गोल्डकपमा विगतका खेलमा झापा ११ सहभागी हुने गरेको तर यसवर्ष सहभागी नहुँदा पनि झापा ११ का खेलाडी आउँछन् भनेर भ्रम सिर्जना गरिरहेको सूचना आएकाले भ्रममा नपर्न अनुरोध गरेको हो । हामीले सहभागी हुन्छौं, भनेका थियौं, झापा ११ का अध्यक्ष जलकुमार गुरुङले भन्नुभयो, आयोजक नजिकका केही साथीहरुको षडयन्त्रको सिकार भयौं । त्यसैले हामीले माइभ्याली गोल्डकपमा सहभागी हुन सकेनौं । माइभ्याली गोल्डकपमा झापा ११ का लागि फुटबल प्रेमी नागरिकको अपार समर्थन हुने गरेको थियो । इलामेली दर्शकको अपार मायालाई झापा ११ ले आफ्नो सम्पती ठानेको बताउँदै अध्यक्ष गुरुङले एन्फाका केन्द्रीय सदस्य निरज खड्गीलाई झापा ११ ले कन्र्फमेशन पत्र पठाएको तर खेलमा सहभागी नगराएको बताउनुभयो । झापा ११ का सचिव चेतामणि खनालले एन्फा सदस्य खड्गीको म्यासेन्जरमा कन्र्फमेशन पठाउनु भएको थियो । तर, एन्फाको खेल राजनीतिको चक्करमा झापा ११ लाई इलाममा प्रवेश निषेध गरिएको स्रोतले जनाएको छ । आयोजकलाई पनि गुमराहमा राखेर झापा ११ र आयोजकबीच सेतु बन्नुपर्ने मान्छेले कर्तव्य पूरा नगर्नु दुखद भएको झापा ११ ले जनाएको छ । झापा ११ यसअघिका २ वटा खेलको विजेता पनि हो । डिफेन्डिङ च्याम्पियनलाई निषेध गर्नुले एन्फाको नेतृत्वमाथि प्रश्न उठेको छ । ०००००००

Share.

Leave A Reply