एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङको एक–एक गोलको बराबरी

0

विर्तामोड, १ जेठ ।

एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक–एक गोलको बराबरी खेलेको छ । यो बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन बनेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ मनाङले पहिलो हाफमा सन्तोसजनक खेल खेल्न सकेन । खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । तर, ३९ औं मिनेटमा थोइवा सिंहले गोल गर्न सफल भए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मिनर्भाले गोल गर्न सफल भए । एक गोलको अग्रता बनाएको मिनर्भाका प्रतिक जोशी पहिलो हाफको अन्तिममा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्यो ।
पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको थियो । तर, ५९ औँ मिनेटमा अञ्जन विष्ट चुक्न पुगे भने ६७ औँ मिनेटमा ओलाओलेले सही दिशा दिन सकेनन् । ८० औँ मिनेटमा मनाङका अजिजले गोल गर्दै खेल बराबरीमा र्पुयाए । खेलको अन्त्यतिर मिनर्भाले दुई वटा सुन्दर मौका पाएको थियो । तर, दुवै प्रहारलाई मनाङले कठिन रुपमा बचाउ र्गयो । खेलको इन्जुरी समयमा ओलाओलेको प्रहारलाई मिनर्भाका गोलकिपरले बचाए । यो बराबरीले मनाङको चार खेलबाट दुई अंक बनाएको छ भने मिनर्भाले चार अंक बनाएको छ । ००००००

Share.

Leave A Reply