एन्फाले आयोजना गर्न लागेको सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि छनोटमा यसपटक ३८ टोलीले प्रतिस्पर्धा गर्ने, झापा फुटबल क्लव विर्तावजारले सहभागिता जनाउने

0

विर्तामोड, ३ जेठ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि छनोटमा यसपटक ३८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आज सार्वजनिक गरेको खेल तालिका अनुसार आउदो ७ जेठबाट शुरु हुने छनोटमा मोफसलका १० टोलीसहित ३८ टोलीले प्रतिस्पर्धा गर्न लागेको एन्फाका लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिनुभयो । झण्डै ४ वर्षपछि हुन लागेको लिगमा यसपटक सर्लाही, पर्सा, मकवानपुर, बारा, नवलपरासी, सर्लाही, नुवाकोट, काभ्रे, खोटाङ र ओखलढुङगाका टोलीको सहभागिता रहेको छ । निर्देशक मिश्रले ‘सी’ डिभिजन छनोटमा यसपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको बताउनुभयो । ‘सी’ डिभिजन छनोटमा झापाबाट झापा फुटबल क्लव विर्तावजारले सहभागिता जनाउने भएको छ । एन्फाले पहिलोपटक छनोट लिग लिगकम नकआउटका आधारमा सञ्चालन गर्दैछ । लिगमा सहभागी हुने ३८ टोलीलाई १२ समुहमा विभाजन गरिएको छ । लिग चरणका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र लगनखेलमा रहेको बुद्धि विकास खेल मैदानमा हुनेछ । लिगको शीर्ष तीन टोली ‘सी’ डिभिजनमा बढुवा हुनेछन् । छनोट लिग ३ असारसम्म चल्नेछ । लिगको लागि एन्फाले सबै ३८ टोलीलाई तयारी स्वरुप ५ वटा बल दिनेछ । ००००००

Share.

Leave A Reply