एसिया कप हृविल चियर टी–२० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित

0

विर्तामोड, १ जेठ ।

एसिया कप हृविल चियर टी २० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५ ओभर १ बलमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । भारतका लागि गौरब विश्वनाथले ५० र पर्शुराम देशाईले १९ रन बनाएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४० रन बनाएको थियो । कप्तान दिगमसिंह चेम्जोङले अविजित ६६ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । त्यस्तै विपिन पौडेलले नटआउट ३३ रन बनाउँदा रमेश खत्रीले १५ रनको योगदान दिए । आजदेखि सुरु भएको एसिया कप हृविल चियर टी २० क्रिकेट प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । ००००००

Share.

Leave A Reply