कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दमकमा १८ औँ सेवा केन्द्र स्थापना

0

विर्तामोड, २८ माघ ।
कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापाको दमकमा १८ औँ सेवा केन्द्र स्थापना गरेको छ । कर्णाली झापाका ठूला सहकारी मध्येको एक हो । यसअघि बिभिन्न स्थानमा १७ वटा सेवा केन्द्र नियमित सञ्चालनमा रहेका थिए ।


आज दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले १८ औं सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो । दमक–६ थानारोड अगाडि स्थापित सेवा केन्द्रले स्थानीयलाई बित्तिय सेवा उपलब्ध गराउने संस्थाका सचिव भुपाल बस्नेतले बताउनुभयो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँबर, मेची सहकारी संस्थाका व्यवस्थापक खोम बगाले, सहकारी अभियन्ता गोबिन्द गिरी, संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेल लगायतले बोल्नु भएको थियो । सो अवसरमा सहकारीले नौ जनालाई उपचार सहयोग रकम बितरण गरेको छ । पित्तथैली रोगबाट पीडित पाँच जना र मुटु रोगबाट पीडित तीन जनालाई १०÷१० हजारका दरले र एक जना टाउकोको शल्यक्रिया गरेका बिरामीलाई पाँच हजार रुपैयाँ सहयोग रकम बितरण गरिएको संस्थाका सचिव बस्नेतले जानकारी दिनुभयो । ०००००

Share.

Leave A Reply