काभ्रेमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

0

विर्तामोड, ५ चैत ।


काभ्रेमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गर्नु भएको छ । उहाँले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘विप्लव समूहका केही सदस्यलाई फलो गर्दै हाम्रो टोली त्यसतर्फ गएको थियो । उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको भन्ने कुरा आएको छ । विस्तृत विवरण आइसकेको छैन ।’
यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ । ०००००००

Share.

Leave A Reply