किंग्स ११ पञ्जाव इन्डियन प्रिमियर लिग आईपीएलको तेस्रो स्थानमा उक्लियो, आज शीर्ष स्थानमा रहेका दुई टीम कलकत्ता नाइट राइडर र चेन्नइ सुपर किङबीच खेल हुने

0

विर्तामोड, २६ गते ।

सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै किंग्स ११ पञ्जाव इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो स्थानमा उक्लिएको छ । ओपनर के एल राहुलले सानदार अर्धशतक प्रहार गरेपछि पञ्जावले अंक तालिकामा हैदराबादलाई पछि पारेको हो । १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले एक बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा पञ्जावका राहुलले संयमिमित इनिङ खेले । अफगान बलर मोहम्मद नाबीले सुरुवाती दुई बलमा २–२ रन दिए पनि तेस्रो बलमा १ रन खर्चिए तर चौथो बलमा राहुलले चौका हान्दै पञ्जावको अवस्था सहज बनाए । पाँचौ बलमा २ रन लिदै राहुलले खेल जिताए । पन्जावको जितमा नायक बनेका राहुल ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा अविजित रहे । राहुलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै सहज जित तर्फ टिमलाई अघि बढाएका थिए । अग्रवाल ४३ बलमा ५५ रन बनाउन सफल भए । उनले आफ्नो इनिङमा समान ३ चौका र छक्का प्रहार गरे । अन्यको प्रदर्शन भने गतिलो रहेन् । दोहोरो स्कोरका रुपमा क्रिस गेलले १६ रन बनाएका थिए । हैदरावादका लागि सन्दीप शर्माले २, सिद्धार्थ कौल र राशिद खानले समान १–१ विकेट लिए ।

त्यसअघि पञ्जावको घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनायो । हैदरावादका लागि ओपनर डेविड वार्नरले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७० रनमा अविजित रहे पनि त्यो जितको लागि पर्याप्त रहेन् । निकै सुस्त गतिमा रन जोडेका वार्नरले अन्तिम ५ ओभरमा केहि आक्रामक सटको प्रयास गरे । आक्रमक ब्याटिङ गर्ने शैली भएका वार्नर गए राति भने खुलेर खेल्न असफल भएका थिए । त्यस्तै विजय शंकर २६ रनमा पेभिलिएन फर्किदा १४ ओभरको दोस्रो बलमा मोहम्मद नाबीलाई आश्विनले १२ रनमा रन आउट गरे। नाबी आउट भएपछि मैदान उत्रेका मनिष पान्डेले १५ बलमा २ चौका प्रहार गर्दै १९ रनको योगदान दिए । त्यस्तै अन्तिम ओभरमा मोहम्द शामीलाई चौथो र पाँचौ बलमा चौका र अन्तिम बलमा छक्का हान्दै दिपक हुडाले ३ बलमा १४ रन जोडे। जितसँगै पञ्जाव ६ खेलमा ४ जित र २ हार सहित कुल ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । कोलकता ५ खेलमा ४ जित र १ हार सहित समना ८ अंकसहित शिर्ष स्थानमा छ । शीर्ष ३ टिमको ८ अंक छ । आज शीर्ष स्थानमा रहेका दुई टीम कलकत्ता नाइट राइडर र चेन्नइ सुपर किङबीच खेल हुनेछ । ०००००

Share.

Leave A Reply