खुद मुनाफा सबैभन्दा बढी कमाउन राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक सफल

0

विर्तामोड, ३१ बैशाख ।

आर्थिक वर्ष २०७५–७६ को तेस्रो त्रैमासिक प्रतिवेदन वाणिज्य बैंकहरु सबैले प्रकाशित गरिसकेका छन् । २८ वटा वाणिज्य बैंकहरुमा चैत मसान्तसम्मको अवधिमा अधिकांश बैंकहरुको वित्तीय विवरणहरु राम्रो देखिएको छ ।
चुक्ता पुँजीको आधारमा २८ वटा वाणिज्य बैंकमा सबैभन्दा बढी कृषि विकास बैंकको रहेको छ । जसको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ । ४ वटा बैंकहरुले १० अर्बमाथि चुक्ता पुँजी पुर्याएका छन् भने ९ अर्ब पुर्याउने ४ वटा बैंक रहेका छन् । १८ वटा बैंकले ८ अर्ब पुर्याएका छन्, र २ वटा बैंक कुमारी र एनसिसि बैंकले भने ८ अर्ब रुपैयाँ पनि पुर्याएका छैनन् ।
यस तेस्रो त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउने अर्थात ३ अर्ब रुपैयाँ पुर्याउने राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक हुन् । जसले क्रमशः नाफा ३ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ र ३ अर्ब १९ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकहरुले १३ दशमलव ४२ प्रतिशत र ३ दशमलव १७ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै, २ अर्ब रुपैयाँ पुर्याउने नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसि एशिया बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र हिमालय बैंक रहेको छ । २८ वटा कम्पनीमा सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक रहेको छ । जसको नाफा ४९ करोड ३८ लाख रुपैयाँ कमाएको छ ।
२८ वटा कम्पनीमा अघिल्लो वर्षको तुलनामा अत्याधिक नाफा बढाउनेमा एनआईसि एशिया बैंक रहेको छ । जसले १४५ दशमलव ४१ प्रतिशतले नाफा वृद्धि गरी २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९२ करोड ७६ लाख रुपैयाँ कमाएको थियो । त्यस्तै, मेगा बैंकले पनि १३१ दशमलव ३३ प्रतिशतले बढेर १ अर्ब २१ करोड ४२ लाख रुपौयाँ आर्जन गरेको छ । ००००००

Share.

Leave A Reply