गैरसरकारी संस्था राष्ट्रिय महासंघ बिर्तामोड नगर कमिटी गठन, अध्यक्षमा नारायण पोखरेल

0

विर्तामोड, ५ चैत ।

गैरसरकारी संस्था राष्ट्रिय महासंघ बिर्तामोड नगर कमिटी गठन भएको छ । सामाजिक व्यक्तित्व नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आज ७ सदस्यीय नगर कमिटी गठन भएको हो । अध्यक्ष पोखरेल, सचिव पे्रमा भट्टराई र सदस्यहरुमा पदम अधिकारी, कमला गौतम, लक्ष्मी प्रसाद पाण्डे, दमन्ता खतिवडा, विध्यामाया ओडारी रहनु भएको छ । बिर्तामोड १ स्थित वडा कार्यालयमा आयोजित भेलाले उक्त कमिटी गठन गरेको होे । वडा अध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य छविलाल खतिवडा र जिल्ला अध्यक्ष हरि गौतमको आतिथ्यता रहेको थियो ।

००००००

Share.

Leave A Reply