गौरादह नगरपालिकाद्वारा नगर क्षेत्रका सडक फराकिलो बनाउन सुरु

0

विर्तामोड, २८ माघ ।
स्थानीय बासिन्दाको सहयोगमा झापाको गौरादह नगरपालिकाले नगर क्षेत्रका सडक फराकिलो बनाउन सुरु गरेको छ । सवारी साधनको चाप बढेपछि सडक फराकिलो गर्न थालिएको हो । पाडाजुँगी–गौरीगन्ज सडक साँघुरो भएकाले दुर्घटना बढेको साथै अव्यवस्थित भएको भन्दै फराकिलो पार्न थालिएको नगरपालिकाले जनाएको छ ।

उक्त सडक खण्डमा चार महिनाअघि मोरटरसाइकल दुर्घटनामा परी स्थानीय दुई युवकको मृत्यु तथा एक जना गम्भीर घाइते भएका थिए । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार उनीहरूको मृत्यु भएपछि स्थानीय सडक फराकिलो गर्ने अभियानमा जुटेका हुन् । उनीहरूको संयुक्त पहलस्वरूप नगरपालिकाले बजेट उपलब्ध गराएको हो । यो वर्ष नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । स्थानीयबासीले श्रमदान अन्तर्गत थप २५ हजार रुपैयाँ संकलन गरेका छन् । उक्त रकमले गौरादह खण्डको पेट्रोल पम्पदेखि सहिद गेटसम्मको डेढ किलोमिटर सडक फराकिलो गर्ने कार्य अहिले भइरहेको छ । ०००००

Share.

Leave A Reply