झापाका प्रदेशसभा निर्वाचन क्षेत्रमा कसको कति मत (स्थानीय तहका वडामा प्राप्त मतका आधारमा)

0

विर्तामोड, १८ कात्तिक ।
प्रदेशसभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनमा हिजो उम्मेद्वारी दर्ता सकिएको छ । झापामा एमाले नेतृत्वको बाम राष्ट्रवादी गठबन्धन र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको विगतको जनमतको समिक्षा गरेका छौं । केही महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा स्थानीय तहमा वडाअध्यक्षका उम्मेद्वारले प्राप्त गरेको मतलाई हामीले पछिल्लो जनमतका रुपमा जोडेर प्रदेशसभा निर्वाचन क्षेत्रगत रुपमा मत संख्या उल्लेख गरेका छौं । यसले पछिल्लो चुनावी परिणामलाई अनुमान गर्न हाम्रा स्रोतालाई सहज हुने अवस्था छ ।


झापा १ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एमालेका वडाध्यक्षहरुले १५१११ मत, माओवादीले ६११४ र राप्रपाका वडाध्यक्षले १६८१ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेसको १४४१३ मत रहेको छ । यहाँको मतदाता सँख्या ६३,१२८ हो । यो क्षेत्रमा एमालेका श्रीप्रसाद मैनाली र कांग्रेसका केशवराज पाण्डे चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
१ को २ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले १०२२० मत, माओवादीले ५३६३ र राप्रपा वडाध्यक्षले ८३४ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको ७८६८ मत रहेको छ । यो क्षेत्रमा एमालेका गोपाल बुढाथोकी र कांग्रेसका अशोककुमार पोखरेल प्रतिष्पर्धामा हुनुहुन्छ । यहाँको मतदाता सँख्या ४२,३५३ हो ।
क्षेत्र नम्वर २ को प्रदेशसभा क्षेत्र १ मा एमालेका वडाध्यक्षहरुले १०७१३ मत, माओवादीले ३१०९ र राप्रपा वडाध्यक्षले ४०९८ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेसको ९०६६ मत रहेको छ । यहाँको मतदाता सँख्या ५१,४९८ हो । यहाँ एमालेका एकराज कार्की र कांग्रेसका लक्ष्मण खड्का प्रतिष्पर्धामा हुनुहुन्छ । २ को २ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले १६२७५ मत, माओवादीले ४७९१ र राप्रपा वडाध्यक्षले १४३४ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको १३८२४ मत रहेको छ । जम्मा मतदाता ६६७०७ जना रहेको क्षेत्रमा एमालेका बृष प्रधान र कांग्रेसका खड्ग प्रसाईं उम्मेद्वार हुनुहुन्छ ।


क्षेत्र नम्वर ३ को प्रदेशसभा क्षेत्र नम्वर १ मा एमालेका वडाध्यक्षहरुले ८६०२ मत, माओवादीले ५७७६ र राप्रपा वडाध्यक्षले ७६९६ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको ९६८४ मत रहेको छ । एमालेका बसन्त वानियाँ र कांग्रेसका भुमिप्रसाद राजवंशीले उम्मेद्वारी दिनु भएको छ । यो क्षेत्रको मतदाता संख्या ५८८१७ रहेको छ । ३ को २ मा एमालेका वडाध्यक्षहरुले ११६९४ मत, माओवादीले ४६७७ र राप्रपा वडाध्यक्षले ५१८५ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको ८५७६ मत रहेको छ । ५५७७१ जना मतदाता रहेको यो क्षेत्रमा माओवादीका पूर्णसिंह राजवंशी र कांग्रेसका भगिरथ पोद्दार उम्मेद्वार हुनुहुन्छ ।
क्षेत्र नम्वर ४ को प्रदेशसभा १ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले ११३७५ मत, माओवादीले ४०९४ र राप्रपा वडाध्यक्षले १४१२ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको ११,३६४ मत रहेको छ । यो क्षेत्रमा माओवादीका झलकसिंह दर्लामी र कांग्रेसका किरण भट्टराई उम्मेद्वार रहनु भएको छ । यो क्षेत्रको मतदातासँख्या ४७८५३ रहेको छ । ४ को २ मा एमालेका वडाध्यक्षहरुले १४५४१ मत, माओवादीले ४६३४ र राप्रपा वडाध्यक्षले १६५५ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको ११६०९ मत रहेको छ । यो क्षेत्रमा कुल मतदाता ६१५४८ रहेको छ भने एमालेका हिरा थापा र कांग्रेसका उत्तमकुमार शर्मा सुवेदी प्रतिष्पर्धामा हुनुहुन्छ ।
क्षेत्र नम्वर ५ को १ मा एमालेका वडाध्यक्षहरुले १४७०३ मत, माओवादीले ७४६२ र राप्रपा वडाध्यक्षले २५२६ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको ११६९७ मत रहेको छ । यहाँ मततदाता संख्या ६७२५८ रहेको छ भने एमालेका हिक्मत कार्की र नेपाली कांग्रेसका अनिलकृष्ण प्रसाईं उम्मेद्वार हुनुहुन्छ । ५ को २ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले १५९७५ मत, माओवादीले ५७०१ र राप्रपा वडाध्यक्षले ६४४४ मत प्राप्त गर्नु भएको छ । यहाँ कांग्रेस वडाध्यक्षको ९४५४ मत रहेको छ । कुल मतदाता ७०३०३ रहेको क्षेत्रमा एमालेका अर्जुन राई र कांग्रेसका राजनबहादुर ढुङ्गाना उम्मेद्वार हुनुहुन्छ ।
प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनमा ४ को १ मा सबैभन्दा कम ५५१७ मतको अन्तर छ भने सबैभन्दा बढी ५ को २ मा १८,६६६ मत अन्तर देखिएको छ । प्रतिनिधिसभाका १ र २ नम्वरका प्रदेशसभाका ४ वटै क्षेत्रमा ८ हजार भन्दा बढीको अन्तर देखिएको छ । ३ र ५ का प्रदेशसभाका ४ वटै क्षेत्रमा १२ हजारभन्दा बढीको फरक देखिनुले एमाले नेतृत्वको गठबन्धनलाई आफ्नो मत सुरक्षा र कांग्रेसलाई गठबन्धनको मत आफ्नोतर्फ पार्ने चुनावी रणनीति आवश्यक देखिएको छ ।

Share.

Leave A Reply