झापाको उत्तरी क्षेत्रमा काठ चोरी तस्करी तीव्र, विरीङ खोलाको बगरबाट तीस क्यूफिट सालको गोलिया काठ बरामद

0

विर्तामोड, २९ फागुन ।

प्रहरीको गस्ती टोलीले अबैध रुपमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा तीस क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायक निरिक्षक कृष्ण हुँमागाई सहितको गस्ती टोलीले उक्त गोलिया काठ बुद्धशान्ति र अर्जुनधाराको सिमानामा पर्ने बिरिङ्ग खोलामा पिकअपमा तस्करी हुँदै गरेको अवस्थामा बरामद गरेको छ । गोलिया काठ सहित पिकअप र मोटरसाइकल बरामद गरिए पनि पिकअप भ्यानको चालक र तस्कर भने फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । बरामद गरिएको काठ र पिकअप कसको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले बताएको छ । बरामद गरिएको काठ, पिकअप र मोटरसाइकल थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय झापालाई बुझाइएको डिएसपी श्रेष्ठले बताउनुभयो । ००००००

Share.

Leave A Reply