झापाको कमल गाउँपालिकाद्वारा माटोमा अम्लियपन बढेपछि कृषकहरुलाई कृषि चुन वितरण

0

विर्तामोड, ५ चैत ।

झापाको कमल गाउँपालिकाले माटोमा अम्लियपन बढेपछि कृषकहरुलाई कृषि चुन प्रयोगमा सहयोग गरेको छ । कृषि उपज उत्पादन बृद्धिका लागि विगत लामो समयदेखि प्रयोगमा ल्याइएको रसायनिक मलका कारण माटोको उत्पादन शक्ति क्रमशः ह्रास हुदै अम्लियपन वढेको कुरालाई मध्यनजर गर्दै कमल गाउँपालिकाले कृषक, कृषक समुह र सहकारीहरुलाई ५० प्रतिसत अनुदानमा कृषि चुन वितरण गरेको कमल गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रेम पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाबाट ३ लाख २४ हजार रुपैयाँ वजेट विनियोजन गरी कृषकको पनि ३ लाख २४ हजार रुपैयाँ लागत सहभागिता गरी कुल ६ लाख ४८ हजार रुपैयाँमा प्रतिवोरा ५० केजी तौलका १६ सय २० वोरा कृषि चुन वितरण गरेको हो । यस आर्थिक वर्षमा कमल गाउँपालिकाले १० वटा पावर टिलर, ५० वटा साना सिंचाई, ७ वठा धान काट्ने मेसिन, १० थान मकै छोडाउने मेसिन, २२ वटा मकै रोप्ने मेसिन, लाइनमा धान रोपेका कृषक, कृषक समुह, सहकारीलाई २० थान धान गोड्ने विडर, तरकारी खेती तथा नर्सरी ब्यवस्थापनका लागि प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, स्प्रे ट्याङ्की ३५ थान लगायतका सामग्री वितरण गरेको जनाइएको छ । ००००००

Share.

Leave A Reply