झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजना अन्तर्गतको जग्गामा एग्रो फरेष्ट निर्माणका लागि प्रक्रिया शुरु

0

विर्तामोड, २५ माघ ।
झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजना अन्तर्गतको करीब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्न अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभएको हो ।

फाइल फोटो

रतुवामाई आयोजनालाई प्रदेश नं १ सरकार मातहतमा रहने गरी नयाँ योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । आयोजना अन्तर्गतको जग्गामा एग्रो फरेष्ट निर्माणका लागि नयाँ प्रक्रिया शुरु गरिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट निर्माण गर्ने योजनाका साथ बजेटसमेत विनियोजन गरेको प्रमुख पोर्तेलले बताउनुभयो । उहाँका अनुसार आयोजनाले वार्षिक चार करोड आम्दानी गर्दै आएको र एक करोड राजश्व बुझाउँदै आएको छ ।

एग्रो फरेष्टको अवधारणा अनुसार आँप, लिची, कटहर, कागती लगायतका फलफूलका बिरुवा लगाइने भएको हो । एग्रो फरेष्टबाट अहिलेको तुलनामा आम्दानी वृद्धि हुनुका साथै फलफूलमा आत्मनिर्भर बन्न सकिने प्रमुख पोर्तेलले बताउनुभयो । वृक्षरोपण गरेर उत्पादित काठ दाउरा आपूर्ति गर्ने उद्देश्यले विसं २०३३ मा आयोजना स्थापना भएको हो । आयोजनाको कूल क्षेत्रफल दुई हजार ९७२ हेक्टर रहेको छ । ती क्षेत्रमा प्राकृतिक सालसँगै टिक, मसला, कदमलगायत जातका रुख बिरुवा लगाइएका छन् । ०००००

Share.

Leave A Reply