झापाको शिबसताक्षी नगरमा ‘दोश्रो मेयर कप–२०७५’ शुरु, फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, व्याडमिन्टन, चेस, कवडी र करातेका खेलहरु समावेश

0

विर्तामोड, ७ फागुन ।
झापाको शिवसताक्षी नगरपालिकामा दोश्रो मेयर कप २०७५ आज देखि सुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा सुरु भएको खेल नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोश्रो मेयर कप–२०७५को संघीय सांसद एलपी साँवाले उद्घाटन गर्नुभएको हो । आज भएको पहिलो फुटबल खेलमा भेट्रान टिम बिजयी भएको छ । भेट्रानले वडा नम्बर ३ लाई १ का बिरुद्ध २ गोलले पराजित गरेको हो ।


त्यसैगरी, आजै भएको कबडी खेलमा वडा नम्बर २ ले वडा नम्बर १० लाई, वडा नम्बर ६ ले वडा नम्बर ४ लाई र वडा नम्बर ३ ले वडा नम्बर १ लाई पराजित गरेको आयोजक समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिनुभयो । फागुन १८ गतेसम्म सञ्चालन हुने दोस्रो मेयरकप प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, व्याडमिन्टन, चेस, कवडी र करातेका खेलहरु समावेश गरिएको छ । खेलहरुमध्ये व्याडमिन्टका खेल दुधेमा र अन्य खेल शिबसताक्षी–११ झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भइरहेका छन् ।
खेलका बिजेता टिमहरुले फुटबल तर्फ ७५ हजार, उपबिजेताले ४१ हजार रुपैयाँ, क्रिकेट र भलिबलका बिजेता टिमले ५० हजार, उपबिजेताले ३० हजार रुपैयाँ मेडल, ट्रफी र प्रमाण पत्र पाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष फुर्बा तामाङ्गले जानकारी दिनुभयो । फुटबलतर्फ भोलिको खेल वडा नम्बर २ र वडा नम्बर ६ बीच हुने आयोजकले जनाएको छ । ००००००

Share.

Leave A Reply