झापाको समानुपातिक मत गणना सम्पन्न, कुन दलले कति भोट पाए, पूरै विवरण

0

झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण मतगणना सकिएको छ । प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिएको जिल्लामा समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भएको छ । झापामा ५ लाख ८५ हजार १ सय ६६ मतदातामध्ये ४ लाख १५ हजार १ सय ३ मत खसेको थियो ।

जसमध्ये समानुपातिकतर्फ प्रतिनिधिसभामा ३ लाख ८५ हजार ७ सय ३५ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिनुभयो । जसमा एमालेले सबैभन्दा बढी मत पाएको छ । त्यसपछि क्रमशः कांग्रेस, माओवादी, राप्रपा र संघीय समाजवादी फोरम छन् । एमालेले १ लाख ६० हजार ६ सय ३९ मत पाएको छ । यस्तै कांग्रेसले १ लाख २१ हजार ४ सय ८९, माओवादीले ३३ हजार ३ सय ९९ तथा राप्रपाले ३२ हजार ८ सय ५० मत पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ५ हजार ५ सय ३६ र राजपाले ४ हजार ५५ मत पाएका छन् । त्यसैगरी प्रदेशसभा पनि एमाले नै अघि छ । एमालेले १ लाख ५० हजार ९ सय ९९, कांग्रेसले १ लाख १२ हजार ८ सय २, राप्रपाले ३४ हजार ९ सय ६६ र माओवादी केन्द्रले ३३ हजार २ सय ५९ मत प्राप्त गरेका छन्। यस्तै संघीय समाजवादी फोरमले ५ हजार ७ सय ८३ र राजपाले ४ हजार ४ सय ३५ मत ल्याएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Share.

Leave A Reply