झापामा पत्रकार महासंघको प्रदर्शन, मिडिया काउन्सिल विधेयक फिर्ताको माग

0

विर्तामोड, ३ जेठ ।

मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै झापाका पत्रकारले जिल्ला प्रशासन कार्यालय झापामा र्याली सहित कोणसभा गरेका छन् । सरकारले मिडिया काउन्सिल विधेयक मार्फत पत्रकारलाई समाचार लेखेकै आधारमा २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिमाना हुने गरी विधेयक संसदमा लगेपछि देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघले विधेयक फिर्ताको माग गर्दै आज देशभर प्रदर्शन सहित विरोध गरेको छ । पत्रकार महासंघ झापाको आयोजनामा भएको विरोध कार्यक्रम जिल्ला प्रशासनमा कोणसभा गरी विधेयक फिर्ताको माग गरिएको छ । चन्द्रगडी ट्रेड युनियन चोकबाट पत्रकारले र्याली गर्दै प्रशासन कार्यालय अगाडि कोण सभा गरेका थिए । उनीहरुले प्रेस स्वतन्त्रता जिन्दावाद, मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता हनन् गर्न पाइँदैन भन्दै नारा लगाउँदै जिल्ला प्रशासन पुगेका थिए । सो सभामा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, नारी सञ्चार गृहकी सचिव रेजना रोदन र प्रेस यूनियनका राजेन्द्र गौतमले विधेयक फिर्ताको माग गर्नु भएको थियो । ००००००

Share.

Leave A Reply