क्षेत्रगत रुपमा स्थानीय तहको मत विवरण यस्तो छ झापामा

0

झापा, १६ कात्तिक । स्थानीय तहको मतलाई आधारमान्दा झापामा एमाले, माओवादी र राप्रपा गठबन्धन मजबुत देखिएको छ । आज उम्मेद्वारी दर्ता हुँदै गर्दा कसले बाजीमार्ला अनुमान लगाउन कठिन देखिएको छैन ।
झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १०, बुद्धशान्ति गाँउपालिकाका वडा नं. ४, ५, ६ र ७ पर्दछन् । क्षेत्र नं. १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् ।


यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले पाएको मतका आधारमा नेपाली काङ्ग्रेसको २५ हजार ५ सय १ मत पाएको देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र सङ्घीय समाजवादी फोरमको ४ सय ७० मत छ । यस आधारमा यहाँ एमाले र माओवादी बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत हुन आउँछ । जुन मत नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ९ हजार ४ सय ५० बढी हो ।
झापा क्षेत्र नं. २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्दछन् ।
यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. १, २, र ३ पर्दछन् भने कन्काई नगरपालिकाका वडा नं. ८ र ९ पर्दछन् । क्षेत्र नं. २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।
स्थानीय तहमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ ।
यस्तै फोरम लोकतान्त्रिकको ५० र सङ्घीय समाजवादी फोरमको ४ सय ३१ मत छ ।
यहाँ बाम गठबन्धनको मत एकैठाउँमा मिसाउँदा ३६ हजार २ सय २७ हुन्छ जुन नेपाली काङ्ग्रेसको मत भन्दा १३ हजार ६ सय ४१ मत बढी हो । यहाँ राप्रपाको झन्डै ५ हजार मत रहेको छ ।


क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसले उम्मेदवार बनाउने भएपछि राप्रपा बाम गठबन्धनतिर लागेको छ ।
राप्रपाको मत पनि बाम गठबन्धनतिर जोड्ने हो भने प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली कांग्र्रेस भारी मतले पछाडि छ ।
झापा क्षेत्र नं. ३ अन्र्तगत बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा नं. १० पर्दछ ।
यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा एमालेले २० हजार ५ सय ४५, कांग्रेसले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र सङ्घीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत मिसाँउदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा २३ हजार २८ मत बढी हो । यहाँ नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला र राप्रपाका नेता राजेन्द्र लिङ्देन बिच प्रतिष्पर्धा हुने भएको छ ।
झापामा काङ्ग्रेससँगको गठबन्धन तोड्दै राप्रपाले एमालेसँग तालमेल गरेको छ । यो क्षेत्रमा बाम गठबन्धनको सहयोगमा राप्रपाका लिङ्देन उम्मेद्वार हुनुहुन्छ ।
झापा क्षेत्र नं. ४ मा झापा गाउँपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज नगरपालिका वडा नं. १ र २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्दछन् । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा मोटामोटी रुपमा नेपाली काङ्ग्रेसको २२ हजार ९ सय २९, एमालेको २६ हजार ४ सय १४, माओवादी केन्द्रको ९ हजार ६ सय ९९, राप्रपाको १९ सय ४२, फोरम लोकतान्त्रिकको ६ सय ३९ र सङ्घीय समाजवादी फोरमको १ सय २९ मत रहेको छ ।
यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ । नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ६८ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको पक्षमा नेपाली काङ्ग्रेसको भन्दा १४ हजार ४ सय ८७ मत बढी देखिन्छ ।
झापा क्षेत्र नं. ५ मा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल गाउँपालिका पर्दछन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रुपमा नेकपा एमालेको २९ हजार ४ सय ६०, नेपाली काङ्ग्रेसको २३ हजार २ सय ५०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।
यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको नेपाली काङ्ग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ । ०००००००

Share.

Leave A Reply