झापामा रहेको कन्काई सिंचाइ आयोजनालाई व्यवस्थित बनाउन जापानद्वारा प्राविधिक सहयोग उपलब्ध गराउने तयारी, संरचना भने नेपालले नै बनाउनु पर्ने

0

विर्तामोड, ३० फागुन ।

झापामा रहेको कन्काई सिंचाइ आयोजनालाई व्यवस्थित बनाउन जापानले प्राविधिक सहयोग गर्ने भएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग जाइका र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको सिंचाइ विभागबीच प्राविधिक सहयोगका विषयमा सम्झौता भएको हो । जापानको प्राविधिक टोलीले आगामी अप्रिलदेखि कनकाई सिंचाइ प्रणालीलाई प्राविधिक सहयोग गर्ने कन्काई सिँचाइ व्यवस्थापन डिभिजन गैंडेका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । जाइकाले अब कन्काईमा पाँच वर्षसम्म निःशुल्क प्राविधिक सहयोग गर्नेछ । जाइकाले यहाँ ब्लक टु ब्लक पानी लैजानका लागि पानी मापन गर्ने संरचना निर्माण, हेडवक्र्स, मूल नहर, शाखा र प्रशाखा निर्माण तथा मर्मत, किसानलाई आधुनिक प्रणाली अन्तर्गत खेती गर्न प्राविधिक सहयोग गर्नेछ । जापानले प्राविधिक सहयोग मात्र गर्ने भएकाले भौतिक संरचना निर्माणमा भने नेपाल आँफैले गर्नुपर्ने सिँचाइ प्रमुख यादवले जानकारी दिनुभयो । ५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा र्पुयाउने प्रणाली देशभर २४ वटा रहेका छन् । कनकाई सिंचाइ प्रणालीले ७ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा र्पुयाउँदै आएको छ । ००००

 

Share.

Leave A Reply