झापा कारागारमा कैदीको मृत्यु

0

विर्तामोड, २६ माघ ।

जिल्ला कारागार झापामा आज एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उराव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।

जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका उराव क्षयरोगसम्बन्धी बिरामी थिए । बिरामीले च्यापेपछि शुक्रबार साँझ उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply