झापा विर्तामोडको भद्रपुर रोडमा क्वालिटी कम्प्युटर अगाडि बीच बाटोमा खनिएको खाल्डोमा डुवेर एक जना स्थानीय घाइते, घाइते अभिषेक सुवेदीको वीएण्डसी अस्पतालमा उपचार हुँदै

0

विर्तामोड, २५ माघ ।
झापा विर्तामोडको भद्रपुर रोडमा क्वालिटी कम्प्युटर अगाडि बीच बाटोमा खनिएको खाल्डोमा डुवेर एक जना स्थानीय घाइते भएका छन् । आज राति सवा ८ वजे स्थानीय अभिषेक सुवेदी मोटरसाइकलसहित खाल्डोमा पर्दा घाइते भएका हुन् । मुक्तिचोक तिरबाट दक्षिण झर्दै गरेका सुवेदी सडकमा खनिएको खाल्डो नदेखेर मोटरसाइकलसहित खाल्डोमा परेका थिए ।

भद्रपुर रोडको बीच बाटोमा थापिएको धराप

आशिष प्रेरा जेभीले ठेक्का लिएर पेटी कन्ट्याक्टमा राजकिशोर गुप्तालाई निर्माण गर्न जिम्मा दिएको भद्रपुर रोडको ४ मिलोमिटर सडक निर्माण भइरहेको भए पनि निर्माण गर्दा अपनाउनु पर्ने सतर्कताका संकेत नराखेकाले सुवेदी घाइते भएका हुन् ।

भद्रपुर रोडको बीच बाटोमा थापिएको धरापमा दुर्घटनामा परेको मोटरसाइकल

गम्भीर घाइते सुवेदीलाई उपचारका लागि स्थानीय विएण्डसी टिचिङ हस्पिटलमा लगिएको छ । आउने असारसम्ममा सो वाटोको ढल निर्माण गरिसक्ने गरी ठेकेदार कम्पनीले सडक विभागमा कार्ययोजना बुझाएको भए पनि हालसम्म खाल्डो खनेर धराप थाप्ने बाहेकका काम हुन सकेको छैन । निर्माणको गति सुस्त छ, प्रत्यक्षदर्शी राम धमलाले भन्नुभयो, यो अहिले धराप थापे जस्तो भएको छ । त्यसैले अहिले दुर्घटना भयो । ००००००

Share.

Leave A Reply