झापा २ यस्तो छ ः ताजा जनमत पवित्रा १७,५३० मतले अगाडि

0

गणेश पोखरेल ।

मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनमत कस्तो छ । निर्वाचनमा प्रचार तीब्र भइरहँदा हिजोको अवस्था के थियो र भोलि के होला भन्ने आम चासो छ । यो चासोलाई सम्वोधन गर्नु एउटा सञ्चारकर्मीको दायित्व पनि हो । झापाको निर्वाचन क्षेत्र नम्वर १, ३ र ५ चर्चाको शिखरमा हुँदा पनि क्षेत्र नम्वर २ र ४ भने गुमनाम जस्तै भएका छन् । यहाँ स्थानीय तहको निर्वाचनमा के भएको थियो भनेर एक पटक तथ्याङ्क हेर्ने जमर्को गरिएको छ ।
जनमत परिवर्तनका लागि कम्तिमा ३ वर्ष लाग्ने विभिन्न अनुसन्धानले देखाएका छन् । त्यसैले पनि झापाको २ नम्वरमा रहेका स्थानीय तहका वडामा कुुन पार्टीका वडाध्यक्षका उम्मेद्वारले कति मत प्राप्त गरेका थिए भनेर यहाँ राख्ने र विश्लेषण गर्ने काम भएको छ । यो जनमतमा कति के होला भनेर अनुमान लगाउन सहज हुनेछ ।
झापाको क्षेत्र नम्वर २ को प्रदेशभा १ मा विर्तामोड नगरपालिकाका १ देखि ९ नम्वर वडासम्म र कन्काई नगरपालिकाको ८ र ९ नम्वर गरी ११ वटा वडा रहेका छन् । यो क्षेत्रमा रहेका ११ वटा वडामा ५१४९८ मतदाता रहेका छन् । ती मतदाताले ५८ वटा मतदान केन्द्रमा मतदान गर्नेछन् । यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले, त्यसपछि क्रमशः कांग्रेसका, राप्रपा र माओवादीका वडाध्यक्षले मत प्राप्त गर्नु भएको थियो । विर्तामोडको १ नम्वर वडामा एमालेका अग्निप्रसाद पाण्डेले १२७२ मत प्रापत गरी विजयी हुनुभयो । सो वडामा कांग्रेसका देवी निरौला बस्नेतले ७३९ मत, माओवादीका हाइकुमार राईले १६९ र राप्रपाका शारदा रिजालले ६९ मत प्राप्त गर्नुभयो । वडा नम्वर २ मा एमालेका नगेन्द्रप्रसाद संग्रौलाले १५७९ मत प्राप्त गरी विजयी हुँदा माओवादीका नेठुलाल राजवंशीले २७९ र राप्रपाका शंकरप्रसाद रिजालले ७५६ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका प्रतिमान खड्काले ११४७ मत प्राप्त गर्नु भएको थियो । ३ नम्वर वडामा कांग्रेसका भोजराज सिटौलाले १२९९ मत प्राप्त गरी विजयी बन्नुभयो । त्यहाँ एमालेका अमृतबहादुर बुढाथोकीले ७५२, राप्रपाका दिपकलाल मास्केले ४४९ र माओवादीका चक्रप्रसाद विमलीले २७६ मत प्राप्त गर्नु भएको थियो । वडा नम्वर ४ मा कांग्रेसका कुलप्रसाद संग्रौलाले ११३२ मत प्राप्त गरी विजयी हुनुभयो । यहाँ एमालेका नन्दलाल खरेलले १११९, माओवादीका जनबहादुर जवेगुले ४४९ र राप्रपाका खगेन्द्रकुमार थापाले ३७७ मत प्राप्त गर्नु भएको थियो । वडा नम्वर ५ मा एमालेका राजेन्द्रप्रसाद लिङदेनले २१०४ मत प्राप्त गरी विजयी हुनुभयो । यो वडामा माओवादीका वीरबहादुर दर्नालले ४३६ र राप्रपाका चन्द्रप्रसाद गिरीले ३०० मत प्राप्त गर्दा कांग्रेसका लक्ष्मीप्रसाद आचार्यले १३१५ मत प्राप्त गर्नु भएको थियो । वडा नम्वर ६ मा कांग्रेसका सुर्यप्रसाद कन्दङ्वाले ७५८ मत प्राप्त गरी विजयी हुनुभयो । यो वडामा एमालेका गणेशकुमार कन्दङ्वाले ५६६, माओवादीका रामकृष्ण अधिकारीले १९९ र राप्रपाका विष्णु गिरीले १०७ मत प्राप्त गर्नु भएको थियो । वडा नम्वर ७ मा गंगाबहादुर भट्टराईले ९८१ मत प्राप्त गरी विजयी हुनुभयो । यो वडामा माओवादीका नन्दकुमार उप्रेतीले ५९७, राप्रपाका जिवन कार्कीले ३२३ र कांग्रेसका रत्नकुमार श्रेष्ठले ४१० मत प्राप्त गर्नु भएको छ । वडा नम्वर ८ मा राप्रपाका अजय कार्की १०२७ मत प्राप्त गरी विजयी हुनु भएको थियो । यो वडामा एमालेका शेखर कँडेलले ४६५, माओवादीका नवराज खतिवडाले १९३ मत र कांग्रेसका यदुप्रसाद दाहालले ३८४ मत प्राप्त गर्नु भएको छ । वडा नम्वर ९ मा एमालेका पवित्रा पाठकले ५७६ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा राप्रपाका प्रकाश बुढाथोकीले ५१३, माओवादीका मनप्रसाद लिम्वुले ४५५ मत प्राप्त गर्दा कांग्रेसका भोलानाथ पौडेलले ३३० मत प्राप्त गर्नु भएको थियो ।
झापा २ को प्रदेशसभा १ मा रहेको कन्काई नगरपालिकाको ८ मा एमालेका प्रेमबहादुर कटुवाल ७७५ मत प्राप्त गरी विजयी हुनुभयो । यो वडामा माओवादीका तुलसीराम कालिकोटेले ५१ र राप्रपाका चेतनप्रसाद सिटौलाले १९ मत प्राप्त गर्नु हुँदा कांग्रेसका दुर्गाप्रसाद पराजुलीले ६९९ मत प्राप्त गर्नु भएको थियो । वडा नम्वर ९ मा कांग्रेसका प्रेमप्रसाद राजवंशी ८४५ मत प्राप्त गरी विजयी बन्नु भएको छ । यो वडामा एमालेका चुवालाल राजवंशीले ५२१, माओवादीका अजितकुमार कायस्थले ८५ मत प्राप्त गर्दा राप्रपाका गंगाबहादुर खड्काले १५८ मत प्राप्त गर्नुभएको थियो । झापा २ को प्रदेशसभा १ मा एमालेका वडाध्यक्षहरुले १०,७१३ मत, माओवादीका वडाध्यक्षहरुले ३१०९ मत र राप्रपाका वडाध्यक्षहरुले ४०९८ मत प्राप्त गर्नु भएको छ । ३ वटा गठबन्धनका दलका वडाध्यक्षले प्राप्त गरेको मत जोड्दा १७९२० मत हुन आउँछ । यहाँ कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले ९०६६ मत प्राप्त गर्नु भएको छ । गठबन्धन दलको मतमा कांग्रेसको घटाउँदा ८८५४ मत हुन आउँछ । यो क्षेत्रमा गठबन्धनका एमाले उम्मेद्वार एकराज कार्की झण्डै डवल मत अन्तरले अगाडि हुनुहुन्छ ।


झापा २ को प्रदेशसभा २ मा अर्जुनधारा नगरपालिकाका ११ वटा वडा र बुद्धशान्ति गाउँपालिकाका १, २ र ३ नम्वर वडा रहेका छन् । यो क्षेत्रका १४ वटा वडाको मतदाता संख्या ६६,७०७ रहेको छ । यहाँ ७८ वटा मतदान केन्द्र रहेका छन् । अर्जुनधाराको १ नम्वर वडामा एमालेका गजाधर खतिवडा ११७५ मत प्राप्त गरी विजयी हुनु भएको थियो । सो वडामा माओवादीका सुरेन्द्र आचार्यले १२२ मत प्राप्त गर्दा कांग्रेसका उपेन्द्र बस्नेतले ८६३ मत प्राप्त गर्नु भएको थियो । २ नम्वर वडामा एमालेका रघुनाथ खनाल ९५७ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा माओवादीका राजेन्द्रप्रसाद मैनालीले २८१ मत र राप्रपाका कुमार सापकोटाले ३९ मत प्राप्त गर्दा कांग्रेसका नरेन्द्रकुमार श्रेष्ठले ९५४ मत प्राप्त गर्नुभयो । ३ नम्वर वडामा कांग्रेसका जीवकुमार भण्डारीले १२२७ मत प्राप्त गरी विजयी हुनुभयो । एमालेका नरबहादुर कन्दङ्वाले ११५३, माओवादीका नारायण पौडेलले १९२ र राप्रपाका गणेशबहादुर दाहालले ५२ मत प्राप्त गर्नु भएको थियो । वडा नम्वर ४ मा एमालेका दुर्गाप्रसाद दाहालले १११८ मत प्राप्त गरी विजयी हुनुभयो । माओवादीका विदुर भट्टराईले २९५ र राप्रपाका प्रेमबहादुर कार्कीले ४७ मत प्राप्त गर्दा कांग्रेसका मदनकुमार थापाले ७७० मत प्राप्त गर्नु भएको थियो । ५ नम्वर वडामा एमालेका ध्यानबहादुर भारतीले ११६४ मत प्राप्त गरी विजयी हुनुभयो । माओवादीका देवराज बुढाथोकीले ३२० र राप्रपाका गिताराज खड्काले ५५४ मत प्राप्त गर्दा कांग्रेसका अमरदिप भेटवालले १०३२ मत प्राप्त गर्नुभयो । ६ नम्वर वडामा एमालेका लोकनाथ गौतम ७८८ मत प्राप्त गरी विजयी हुनु भएको थियो । माओवादीका मेघराज आचार्यले २२६, राप्रपाका दिवाकर पराजुलीले १६३ मत प्राप्त गर्दा कांग्रेसका रमेशकुमार काफ्लेले ५१८ मत प्राप्त गर्नु भएको थियो । वडा नम्वर ७ मा कांग्रेसका नवराम ९४२ मत प्राप्त गरी विजयी बन्नु भएको थियो । सो वडामा एमालेका रमेशकुमार दर्जीले ९३१, माओवादीका रमादेवी भट्टराईले ९१ र राप्रपाका रामबहादुर श्रेष्ठले ३३ मत प्रापत गर्नु भएको थियो । ८ नम्वर वडामा कांग्रेसका गोपीचन्द्र गौतमले ९७४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । एमालेका दिलिप गुरुङले ९५८ मत, माओवादीका कृष्णप्रसाद गौतमले २७९ मत प्राप्त गर्नु भएको थियो । ९ नम्वर वडामा एमालेका पुष्पकुमार प्रसाईंले १२२९ मत प्राप्त गरी विजयी बन्नुभयो भने माओवादीका पुष्पबहादुर तामाङले ४३०, राप्रपाका ओमप्रकाश मिश्रले ३२० मत प्राप्त गर्दा कांग्रेसका ज्योति विष्टले ८५८ मत प्राप्त गर्नुभयो । १० नम्वर वडामा एमालेका बलदेव गोम्देङले ११७८ मत प्राप्त गरी विजयी हुँदा माओवादीका नरसिंह लिम्वुले ३६४, राप्रपाका तेजबहादुर सुवेदीले ८६ मत प्राप्त गर्दा कांग्रेसका शेखरनाथ अधिकारीले ६७४ मत प्रापत गर्नु भएको छ । अर्जुनधारा ११ मा एमालेका भैरवबहादुर खड्काले १४८९ मत प्राप्त गरी विजयी हुनुभयो । यो वडामा माओवादीका बुद्धिलाल चौधरीले ३०३, राप्रपाका मणि विकले ५२ मत प्राप्त गर्दा कांग्रेसका जगतबहादुर मगरले ११२५ मत प्राप्त गर्नुभएको छ ।
बुद्धशान्तिको १ नम्वर वडामा कांग्रेसका भिमकुमार नेवारले १३३० मत प्राप्त गरी विजयी हुनु भएको थियो । यो वडामा एमालेका केशव सापकोटाले १२६५, माओवादीका पुर्णप्रसाद सञ्जेलले ५४३ र राप्रपाका नन्दकुमार तिम्सिनाले ८८ मत प्राप्त गर्नु भएको छ । वडा नम्वर २ मा एमालेका दिलिप श्रेष्ठले १४२१ मत प्राप्त गरी विजयी बन्नुभयो भने माओवादीका दिवामाया अधिकारीले ५६२ मत प्राप्त गर्दा कांग्रेसका शान्तिराम भण्डारीले १०७९ मत प्रापत गर्नु भएको छ । ३ नम्वर वडामा कांग्रेसका कमलप्रसाद उप्रेतीले १४७८ मत प्रापत गरी विजयी बन्नुभयो । यो वडामा एमालेका धनकुमार थुलुङले १४४९ मत प्राप्त गर्दा माओवादीका डिल्लीराम श्रेष्ठले ७८३ मत प्राप्त गर्नु भएको थियो ।
यसरी झापा क्षेत्र नम्वर २ को प्रदेशसभा २ नम्वरमा एमालेका वडाध्यक्षहरुले १६२७५ मत, माओवादीका वडाध्यक्षहरुले ४७९१ मत र राप्रपाका वडाध्यक्षहरुले १४३४ मत प्राप्त गर्नु भएको छ । एमाले, माओवादी र राप्रपा गठबन्धनको मत २२,५०० हुन आउँछ भने कांग्रेसका वडाध्यक्षहरुले १३८२४ मत प्राप्त गर्नु भएको छ । गठबन्धनको मतबाट कांग्रेस वडाध्यक्षले प्राप्त गरेको मत घटाउँदा ८६७६ मत हुन आउँछ । यसले के देखाउँछ भने यहाँ कांग्रेसका उम्मेद्वारलाई प्रतिष्पर्धा कठिन छ ।
प्रतिनिधिसभा क्षेत्र नम्वर २ को कुरा गर्दा प्रदेशका २५ वटा वडाका गठबन्धनका वडाध्यक्षले प्राप्त गरेको मत ४०,४२० हुन आउँछ । कांग्रेसका वडाध्यक्षले २२८९० मत प्राप्त गर्नु भएको छ । कांग्रेसले प्राप्त गरेको मत गठबन्धनबाट घटाउँदा एमाले उम्मेद्वार पवित्रा निरौला खरेल १७५३० मतले अगाडि हुनुहुन्छ । एमाले र कांग्रेसको मात्र कुरा गर्दा पनि एमालेका वडाध्यक्षहरुले २६९८८ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले प्राप्त गरेको २२८९० मत घटाउँदा एमाले उम्मेद्वार ४०९८ मतले अगाडि हुनुहुन्छ । राप्रपाका मेयर पदका उम्मेद्वार भक्ति सिटौलाले प्राप्त गरेको कांग्रेस कार्यकर्ताको मत उतै फर्कने भ्रम पनि सिर्जना गरिएको छ । तर, यहाँ हामीले झापाको विर्तामोड नगरपालिकाको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई मात्र आधार मानेका छौं । अर्थात्, संगठनका हिसावले वडाध्यक्षले प्राप्त गरेको मत र मेयरमा सिटौलाले प्राप्त गरेको मतमा फरक छ । सिटौलाले ६१७० मत प्राप्त गर्नु भएको थियो । यसैले वडाध्यक्षले प्राप्त गरेको मत भनेको राप्रपाको पार्टी संगठनको मत हो । उल्लेखित मतमा विर्तामोडका अलावा बुद्धशान्तिको ३ वटा वडा, अर्जुनधाराका ११ वटा र कन्काईका २ वटा वडाको समेत जोडेर राप्रपाको मत ५५३२ मत रहेको उल्लेख गरिएको छ । अर्थात् हिजो कांग्रेसका कार्यकर्ताले सिटौलालाई दिएको मत यो विवरणमा उल्लेख छैन भने पनि हुन्छ ।
झापाको विर्तामोडमा केही मान्छे स्थानीय तहको निर्वाचनपछि कांग्रेस प्रवेश गरेको चर्चा चलेको छ, हिजो उनीहरु कांग्रेस निकट नै थिए । उनीहरुको मत प्रभावका हिसावले प्रतिव्यक्ति अध्ययन गर्दा ‘तीन डिजिज’को संख्या पनि पुग्ने अवस्था छैन भने सवैको हिसाव गर्दा ‘चार डिजिज’को संख्या पुग्न कठिन छ । स्थानीय तहको मतदानपछि थपिएका मतदातामा एमाले समर्थक मतदाताको संख्या धेर देखिएको छ । यो क्षेत्रका स्थानीय तहका अधिक वडामा जितेका प्रतिनिधि र एमालेका कार्यकर्ताले स्थानीय तहमा मत माग्न जाँदा मतदाता नामावलीमा नाम नभएका मतदाताको पहिचान गरी पछि फोटो खिचाएको कांग्रेस कार्यकर्ताले नै स्वीकार गरेका छन् ।
झापा २ मा अर्को पनि एउटा सवाल छ, पार्टीले निर्णय गर्दैमा जनताको सबै मत एक ठाउँमा खस्ला र ? यसमा अध्ययन गर्दा पार्टीले निर्णय गरेको पक्षमा ९० प्रतिशत कार्यकर्ता र ८५ प्रतिशत मतदातको समर्थन देखिन्छ । राप्रपालाई राष्ट्रिय पार्टी बनाउन बाम गठबन्धनले झापा ३ मा सहयोग गरेकाले राप्रपाका समर्थक शुभचिन्तकको मत समेत गठबन्धनको पक्षमा छ । त्यस्तै माओवादी केन्द्रको कुरा गर्ने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीपछि झापाको नेतृत्व गर्ने नेताका रुपमा राम कार्की झापा १ मा उम्मेद्वार रहनु भएकोले कसैले तलमाथि गर्ने अवस्था छैन । अझ भन्ने हो भने जित्नेलाई मत दिनुपर्छ, आफ्नो भोट नजित्नेलाई दिएर किन खेर फाल्ने भन्ने आम मतदाताको मत पनि यसपालि गठबन्धनलाई पर्ने अवस्था छ । यसले झापाको क्षेत्र नम्वर २ मा प्रतिनिधिसभामा पवित्रा निरौला खरेल, प्रदेशसभामा एकराज कार्की र बृख प्रधानको मत अन्तर अझ बढ्ने देखिन्छ । उयपजबचभनिज्ञटण्२नmबष्।िअयm

Share.

Leave A Reply