धर्मेन्द्र भट्टराई मामा बिश्वब्यापी शैक्षिक सम्मेलनमा सहभागी हुन दुबई जाने

0

विर्तामोड, ३ चैत ।

शिक्षाको क्षेत्रमा झापामा लामो समयदेखि निरन्तर क्रियाशील रहदै आउनु भएका झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई मामा बिश्वब्यापी शैक्षिक सम्मेलनमा सहभागी हुन दुबई जाने हुनु भएको छ । बेलायतको वार्की पÞmाउन्डेशनद्वारा आयोजित ग्लोबल एजुकेशन एण्ड स्किल्स फोरम २०१९ यस पटक युएइको दुबई मा यहि मार्च महिनाको २२ देखि २४ तारिखसम्म हुदैछ ।

खुल्ला प्रतिष्पर्धामा सहभागी भएर भट्टराई उक्त सम्मेलन मा सहभागी हुन छनौट हुनु भएको हो । विश्वका १५० भन्दा बढी देशका शिक्षा विशेषज्ञ, बैज्ञानिक, शिक्षक, प्रशिक्षकहरु सहभागी हुने उक्त सम्मेलनमा सन् २०३० सम्मको विश्वको शिक्षा कस्तो हुनुपर्छ भन्ने बिषयमा १५० जना बक्ताले आआफ्नो प्रस्तुति दिने कार्यक्रम छ । सोही अवसरमा बिश्वभरबाट छनौट भएका टप ५० बेस्ट टिचरमध्ये १ जनालाई १ मिलियन डलरको ग्लोबल टिचर एवार्ड प्रदान गरिने छ । सम्मेलनमा विश्व भरिबाट ३ हजार जना सहभागी हुने आयोजकको दाबी छ । तीन दिनसम्म चल्ने सम्मेलनमा धेरै नयाँ कुरा सिक्न सकिने अपेक्षा गरेको भट्टराईले बताउनु भएको छ । भट्टराई नेल्टा झापाका अध्यक्ष तथा ब्रिटिश काउन्सिल नेपालका राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ । ०००००००

Share.

Leave A Reply