नेकपाको सांगठनिक एकताको गृहकार्य गर्न गठित कार्यदलका सदस्यहरुद्वारा प्रतिवदेनमा हस्ताक्षर गर्न अस्वीकार, प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद

0

विर्तामोड, २४ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकताको गृहकार्य गर्न गठित कार्यदलका सदस्यहरुले प्रतिवदेनमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
सचिवालय बैठकले ‘जे जस्तो अवस्थामा छ, प्रतिवेदन बुझाउनू’ भनेपछि संयोजक रामबहादुर थापा बादलले आज कार्यदलको बैठक बोलाउनु भएको थियो । बादलले प्रतिवेदन बुझाउने प्रस्ताव गर्नुभयो । तर, वर्षमान पुन, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका सदस्यहरुले प्रतिवेदनमा हस्ताक्षर गर्न मान्नुभएन ।


कार्यदललाई असफल भएको देखाउन खोजिएको भन्दै नेताहरुले स्थायी कमिटीमा फरक प्रतिवेदन लैजाने चेतावनी दिएको एक सदस्यले जानकारी दिएका छन् । प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि कार्यदलल निष्क्रिय जस्तै थियो ।
कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल प्रदेश कमिटी चलाउन तयार हुनुहुन्न । उहाँहरुलाई शंकर पोखरेल र रघुवीर महासेठको साथ छ । तर, माधव नेपाल निकट मानिएका नेताहरुले प्रदेश कमिटी गठन सच्याउनुपर्ने अडान लिएका छन् । उनीहरुले मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउनु मापदण्ड विपरित भएकाले सच्याउनु पर्ने मत राख्दै आएका छन् ।
लामो समय मौन जस्तो देखिएका वर्षमान पुन र लेखराज भट्टले पनि आज भने कार्यदल असफल भएको प्रतिवेदनमा हस्ताक्षर नगर्ने धारणा राख्नु भएको थियो । कार्यदलले प्रतिवेदन बुझाउने टुंगो नभएपछि नेकपा सचिवालय बैठक पनि अनिश्चित भएको छ । ००००००

Share.

Leave A Reply