नेकपा झापाद्वारा १५ वटै स्थानीय तहमा शपथ ग्रहण कार्यक्रमलाई तीव्रता, भद्रपुर नगरमा ३७१ जना पदाधिकारी सदस्यलाई एकैसाथ शपथ

0

भद्रपुर, २२ चैत ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले नगर तथा गाउँपालिकामा एकता पछिको कमिटी गठन गरेसँगै त्यसलाई वैधानिकता दिन १५ वटै स्थानीय तहमा शपथ ग्रहण कार्यक्रमलाई तीव्रता दिएको छ । नेकपा जिल्ला पार्टी एकीकरण कार्यदल झापाले १२ औँ स्थानीय तहको रूपमा भद्रपुर नगर तथा वडा कमिटीका नवनिर्वाचित सदस्यहरूलाई आज पदभार ग्रहण गराउँदै शपथ खुवाएका हुन् ।
पूर्व एमाले तथा पूर्व माओवादी केन्द्र एकता सहजीकरण संयन्त्र भद्रपुरले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा शिवकुमार राजभण्डारीको अध्यक्षतामा गठित भद्रपुर नगर कमिटीका ८१ सदस्य र नगरका १० वटा वडाका अध्यक्षहरूसहित २९० जना सदस्यहरूलाई एकैसाथ शपथ खुवाइएको हो । कमिटीका नवनिर्वाचित सदस्यहरूलाई नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालले शपथ खुवाउनु भएको थियो । नगर कमिटीका अध्यक्ष राजभण्डारी पूर्व माओवादी केन्द्रका हुनुहुन्छ, भने सचिव ब्रह्मलाल ढुङ्गाना पूर्व एमालेका नेता हुनुहुन्छ ।
वडा कमिटी अन्तरगत वडा १ को अध्यक्षमा नवराज लुइँटेल र सचिवमा जीवन बास्तोला, वडा २ को अध्यक्षमा चूडामणि दाहाल र सचिवमा क्यानेन्द्र लिम्बु, वडा ३ को अध्यक्षमा गुणराज ढुङ्गाना र सचिवमा चेतन थापा मगर, वडा ४ को अध्यक्षमा दीपककुमार राई र सचिवमा पूर्णबहादुर खजुम, वडा ५ को अध्यक्षमा डिल्ली रुचाल र सचिवमा वासु कार्की रहनु भएको छ ।
त्यस्तै वडा नम्बर ६ को अध्यक्षमा रोशन राजवंशी र सचिवमा निरबहादुर राजवंशी, वडा ७ को अध्यक्षमा पौषराज पौडेल र सचिवमा अशोक गणेश, वडा ८ को अध्यक्षमा गुरुप्रसाद सुवेदी र सचिवमा बाबुराम अधिकारी, वडा ९ को अध्यक्षमा रामप्रसाद दाहाल र सचिवमा नरबहादुर मगर, वडा १० को अध्यक्षमा भारतसिंह राजवंशी र सचिवमा तुलसी पोखरेल रहनु भएको छ ।
नेकपा प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे हिक्मतको अध्यक्षता तथा नेकपा १ नम्बर प्रदेशका अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्रकुमार कार्की लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन एकता सहजीकरण संयन्त्रका सदस्य असारु राजवंशीले गर्नु भएको थियो । ०००००

Share.

Leave A Reply