नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको प्रधानमन्त्री ओलीको टिप्पणी

0

विर्तामोड, ३ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गर्नु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताउनु भयो । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।

विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह पनि गर्नुभयो । कसैले रुवाबासी गरे पनि सरकारले विप्लव समूहलाई निषेध मात्र होइन, नियन्त्रण नै गर्ने उहाँले बताउनु भयो । उहाँले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि बाहनामा शान्ति सुरक्षा खलबलाउन खोज्ने तत्वलाई सरकारले नछाडने समेत बताउनु भयो । नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको वताउनु भएको छ । उहाँले पार्टी एकताका विषयमा प्रायः सवै विषयमा टुंगो लागिसकेको पनि दाबी गर्नुभयो । ०००००

Share.

Leave A Reply