नेपालको इरानविरुद्ध फराकिलो जीत

0

विर्तामोड, १ फागुन ।
हिरो गोल्डकपअन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई नेपालले ३–० गोल अन्तरले पराजित गरेको छ ।
भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो ।

जीतसँगै नेपालको फाइनल यत्रा समेत बलियो बनेको छ । नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । सावित्राले खेलको ५९औँ तथा ८९औँ मिनेटमा गोल गरिन् ।

यस्तै अनिताले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन् । जीतसँगै ६ अङ्क जोड्दै नेपाल फाइनल पुगेको छ । सावित्राले भारतविरुद्धको खेलमा समेत दुई गोल गरेकी थिइन् । हारसँगै इरान प्रतियोगिताबाट बाहिरिएको छ ।


म्यानमारले भारतलाई पराजित गरेमा नेपाल प्रतियोगिताको फाइनल पुग्नेछ । भारतले जितेमा गोल अन्तरका आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । नेपाल पहिलो खेलमा म्यान्मासँंग ३–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतविरुद्ध २–१ को जीत निकालेको थियो । एक खेलमा जीत र एक खेलमा पराजित भारतको तीन अङ्क तथा म्यान्माले दुवै खेल जित्दै ६ अङ्क जोडेको छ । प्रतियोगितामा आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी छन् । ००००००

Share.

Leave A Reply