नेपालतर्फको बस्ती नहट्दा झापाको काँकडभिट्टास्थित मेची नदीमा निर्माणाधीन पुल अन्योलमा

0

विर्तामोड, १ फागुन ।
नेपालतर्फको बस्ती नहट्दा झापाको काँकडभिट्टास्थित मेची नदीमा निर्माणाधीन पुल अन्योलमा परेको छ । नेपालतर्फको भूभागमा विवाद हुँदा निर्माण कम्पनीले भारततर्फ मात्र काम गरिरहेको छ । नेपाली भूभागमा कुनै काम हुन सकेको छैन । झापाको काँकडभिट्टा र भारतको पानीट्यांकी नाका जोड्ने गरी पुल निर्माणको सम्झौता भएको एक वर्षपछि भारतीय पक्षले काम थाले पनि नेपाली भूभागको एउटा सिंगो बस्ती हटाउने निर्णय सरकारले गर्न नसक्दा पुल निर्माण अघि बढ्न नसकेको हो ।

नेपालतर्फको पुल निर्माणस्थलमा पर्ने मेचीडाँडाका बासिन्दाले राहत र पुनःस्थापनाको काम नटुगिंउन्जेल पुल बनाउन नदिएपछि काम रोकिएको छ । मेची पुल निर्माण तत्काल अघि बढाउन काँकडभिट्टाको मेचीडाँडाका ४४ घर परिवार अन्यत्र सार्नु पर्ने हुन्छ । मेचीनगर नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटेर तत्काल मुआब्जा उपलब्ध गराउन माग गरेको थियो। सहरी विकास र भौतिक तथा योजना मन्त्रालयको ढिलाइले काम अघि नबढेको बताइएको छ । ००००००

 

Share.

Leave A Reply