नेपालद्वारा न्यूजिल्याण्ड आक्रमणको निन्दा, आतंकवादलाई परास्त गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीको धारणा

0

विर्तामोड, २ चैत ।

नेपाल सरकारले न्यूजिल्याण्ड आक्रमणको निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी जसिन्डा अर्डनलाई समवेदना सन्देश पठाउँदै घटनाको निन्दा गर्नु भएको हो । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा हतियारधारीको आक्रमणबाट ४९ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री ओलीले पठाएको समवेदना सन्देशमा आतंकवादलाई कुनै पनि किसिमले उचित मान्न नसकिने उल्लेख छ । उहाँले लख्नु भएको छ, ‘क्रुर र अमानवीय काम कुनै पनि प्रकारले उचित छैन । आतंकवादलाई पूरै परास्त गर्न जरुरी छ ।’
प्रधानमन्त्री ओलीले नेपाल सरकार न्यूजिल्याण्डको सरकार र न्यूजिल्याण्डका जनताको साथमा रहेको उल्लेख गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्नु भएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।
मस्जिदमा नमाज चलिरहेको बेला शुक्रबार आक्रमण भएको थियो । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।
प्रधानमन्त्री जेसिन्डा अर्डनले यस घटनालाई न्यूजिल्याण्डको ‘कालो दिन’ भनेकी छन् । यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनलाई पक्राउ गरेर अदालत पेस गरिएको छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । ०००००००

 

Share.

Leave A Reply