नेपाली कांग्रेसले सरकारविरुद्ध वैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

0

विर्तामोड, ३ बैशाख ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले वैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ७७ जिल्लामा कार्यक्रम हुनेछ । यो कार्यक्रम एक महिना लामो हुनेछ । दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ गतेसम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ गतेसम्म सबै पालिकामा हुनेछ । ००००००

Share.

Leave A Reply