नेपाल दशनामी समाजको पाँचौ महाधिवेशनबाट खोटाङका रुद्र गिरी अध्यक्षमा चयन

0

विर्तामोड, ५ चैत ।

नेपाल दशनामी समाजको पाँचौ महाधिवेशनले खोटाङका रुद्र गिरीलाई अध्यक्षमा चयन गरेको छ । समाजको विराटनगरमा भएको केन्द्रीय अधिवेशनलले गिरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा गोविन्द बिक्रम गिरी (झापा), उपाध्यक्ष मणिराम गिरी (सुनसरी), सचिव अशोक गिरी (ओखलढुंगा), सहकोषाध्यक्ष डम्बर वन (झापा), महिला सदस्य मेनुका गिरी (सुनसरी) बाट चयन गरेको प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो । त्यसैगरी सदस्यमा लवकुश गिरी (झापा), अभिनन्द गिरी (ईलाम), राम कुमार पुरी (मोरङ), नबिन गिरी (सुनसरी), दुर्गा पुरी (धनकुटा), हिमाल गिरी (सोलुखुम्बु) बाट चयन हुनु भएको छ । नेपाल दशनामी समाजका अध्यक्ष रञ्जनकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं १ का प्रमुख डा. गोविन्द तुम्बाहाङको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनले देशभरबाट सर्बसम्मत रुपमा ४१ जना कार्य समिति चयन गरेको जनाइएको छ । ००००००

Share.

Leave A Reply