नेपाल यु-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित

0

काठमाडौं, १ असोज ।

नेपालले एसीसी यु–१९ एसिया कप क्रिकेट छनोटको उपाधि जितेको छ ।

आइतबार मलेसियामा भएको पूर्वी क्षेत्रको छनोटको फाइनलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेसँगै एसिया कपका लागिसमेत छनोट भएको छ । ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपालले हङकङमाथि ५ विकेटको सहज जित हासिल गरेको हो । नेपालले १४ दशमलव ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि प्रनित थापामगरले दुई छक्कासहित अविजित १९ रन, सन्दीप सुनारले १९, अनिलकुमार शाहले १६, दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ३२ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७६ रन बनाएको थियो ।

हङकङका लागि हरप्रीत सिंहले २०, जाथवेदले १६ रन र वकास खानले १५ रनको योगदान दिए । हङकङका अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि शाहब आलम र सन्दीप लामिछानेले ३–३ तथा अनिलकुमार शाह र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

मलेसियामै हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता विश्व क्रिकेटका महारथी देशले खेल्नेछन् ।

Share.

Leave A Reply