पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण, नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको धारणा

0

विर्तामोड, ५ बैशाख ।

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त गर्नुभएको छ । आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनु भएको छ । स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई उहाँले बधाई दिँदै यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गर्नुभयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार आज बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । ‘नेपाली स्याट–१’ नेपाली नाम दिइएको भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलताको रुपमा हेरिएको छ । ००००००

 

Share.

Leave A Reply