पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन, घुर्बिसे पञ्चमीमा आयोजित तालिमको समापन कार्यक्रममा मन्तव्य राखेर आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शीको भनाई 

0

विर्तामोड, २६ माघ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ । पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा सहभागी भएकै अवस्थामा अकस्मात ढलेका नेम्वाङलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा निधन भएको सहयोगी मनिचन्द्र चेम्जोङले जानकारी दिनुभयो ।


इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पवनजंघ रायमाझीका अनुसार अस्पतालमा आउँदा नेम्वाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको थियो । घुर्बिसे पञ्चमीमा आयोजित तीन दिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका नेम्वाङ मन्तव्य राखेर आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले जानकारी दिनुभयो । उहाँलाई बोकेर तत्काल स्वास्थ्यचौकी र्पुयाए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ ल्याइएको थियो । नेम्वाङ नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो । ०००००

 

Share.

Leave A Reply