पाँच वर्षपछि मोदीको पहिलो पत्रकार सम्मेलन, भाजपाले जारी चुनावमा तीन सयभन्दा बढी सिट ल्याउने दाबी

0

विर्तामोड, ३ जेठ ।


चुनाव प्रचारको अन्तिम घडीमा प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच वर्षको कार्यकालमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै सञ्चार माध्यमसामु प्रस्तुत भएका छन् । आज नयाँ दिल्लीको भारतीय जनता पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष अमित शाह पनि सहभागी हुनुहुन्थ्यो । तर, पत्रकारले सोधेको प्रायशः प्रश्नको उत्तर भने अध्यक्ष शाहले नै दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहले भन्नुभयो, ‘संगठनको आकार अनुसार हामीले प्रधानमन्त्री मोदीको कामलाई तल्लो स्तरका जनतासम्म र्पुयाउने प्रयास गरेका छौँ । २००६ मा हामीसँग ६ सरकार थियो र आज हामीसँग १९ सरकार छ ।’ मोदी सरकारले पाँच वर्षमा झण्डै एक सय ३३ योजनाहरु लिएर आएको शाहले बताउनुभयो । पार्टीका अध्यक्ष अमित शाहले यो लोकसभा निर्वाचनमा बीजेपीले तीन सयभन्दा बढी सिट ल्याउनेमा ढुक्क रहेको धारणा राख्नुभयो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीभन्दा पार्टी अध्यक्ष अमित शाहले धेरै प्रश्नको उत्तर दिनुभयो । पत्रकारहरुले धेरैजसो प्रश्नको उत्तर अमित शाहबाट नै लिए । भोपालबाट साध्वी प्रज्ञाले जित्दा पार्टीले स्वागत गर्छ कि गर्दैन ? भन्ने प्रश्नमा प्रधानमन्त्री मोदी केही बोल्नु भएन, मात्र मुस्कुराइरहनुभयो । ००००००

Share.

Leave A Reply