पूर्वेली युथ क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश

0

विर्तामोड, २३ जेठ ।

बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम बिर्तामोड गोल्डकपको आजको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले बाजी मारेको हो । खेलको म्यान अफ दी म्याच पूर्वेलीका आशिष चापागाई घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष राजकुमार बिकले नगद तीन हजार प्रदान गरे । रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष विश्वकर्माले जनाएका छन् । भोलिको खेल आयोजक रेड स्टार एफसी बिर्तामोड र त्रिवेणी एफसी इलामबीच हुनेछ । ००००००

Share.

Leave A Reply